News

पासपोर्ट काण्डमा मुछिएका राईलाई गठवन्धनले वनायो राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार

पासपोर्ट काण्डमा मुछिएका राईलाई गठवन्धनले वनायो राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार

१२ माघमा तय भएको राष्ट्रियसभा निर्वाचनको मौन अवधि सुरु भएको छ। उम्मेदवारहरु तयारीमा जुटेका छन्। यस पटकको निर्वाचनमा ५ दलिय गठवन्धनका उम्मेदवारहरुले जित हाँसिल गर्ने सम्भावना अधिक छ।

गठवन्धनले प्रदेश १ को अल्पसंख्यक समूहबाट भने रातो पासपोर्ट काण्डमा मुछिएका हेमराज राईलाई उम्मेदवार बनाएको छ। पाँचदलीय गठबन्धनले खुलातर्फ कांग्रेसका गोपाल बस्नेत, महिलामा नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई र अल्पसंख्यक÷अपांगता भएको व्यक्तिमा जसपाका राईलाई उम्मेदवार बनाएको हो।

राईले एमालेका सोनाम ग्याल्जेन शेर्पासँग प्रतिस्पर्धा गर्दैछन्। एमालेले प्रदेशबाट राष्ट्रियसभाका लागि खुलातर्फ गुरुप्रसाद बराल, महिलातर्फ सुमित्रा भण्डारी र अल्पसंख्यक÷अपांगता समुहबाट शेर्पालाई उठाएको छ ।

पार्टीको केन्द्रीय उपाध्यक्ष समेत रहेका राईको घर भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३, अन्नपूर्णको मेसपाङ हो । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका राई नेकपा एमाले छोडेर जसपामा पुगेका हुन ।

राई एमालेमा छँदै रातो पासपोर्ट काण्डमा मुछिएका नेता हुन । यो प्रकरणमा एमालेले तत्कालिन अनुशासन कमिटीका अध्यक्ष चितवन निवासी नरवहादुर खाँडको संयोजनकत्वमा छानविन समिती बनाएर छानविन गरेको थियो । उक्त समितिले राईलाई कारवाही गर्न सिफारिस गरेको थियो भने उनी लामो समय कारवाहीको दायरामा थिए । 

यसैगरी, सरकारका तर्फबाट पनि पासपोर्ट दुरुपयोग काण्डमा राईको विषयमा छानविन गरेको थियो । तिनै राई अहिले एमाले छोडेर जसपाबाट राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार बनेका छन् ।

१२ माघमा हुने निर्वाचनका लागि प्रदेश १ मा ९३ प्रदेशसभा सदस्य छन् । त्यसमध्ये एकजना पदमुक्त छन् ।

१ सय ३७ स्थानीय तहका २ सय ७४ प्रमुख र उपप्रमुखमध्ये दुईको निधनका कारण २ सय ७२ मतदाता छन् । प्रदेशसभा सदस्यमध्ये ९२ को मतभार ४ हजार ४ सय १६ र २ सय ७२ स्थानीय तह प्रमुख तथा उपप्रमुखको मतभार ४ हजार ८ सय ९६ छ । ९ हजार ३ सय १२ मतभारमध्ये सत्तारुढ गठबन्धनसँग ४ हजार ६ सय ८६ मतभार छ ।

४१ प्रदेश सांसद र १ सय ४२ प्रमुख एवं उपप्रमुखसहित एमालेको मतभार ४ हजार ५ सय २४ छ । ९६ प्रमुख तथा उपप्रमुख र २१ सांसदसहित नेपाली कांग्रेसको मतभार २ हजार ७ सय ३६ हो । १५ सांसद र १६ प्रमुख तथा उपप्रमुखसहित माओवादीको मतभार १ हजार ८ छ । त्यस्तै, १० सांसद र १० प्रमुख एवं उपप्रमुखसहित नेकपा (एकीकृत समाजवादी) को मतभार ६ सय ७८ छ । जसपाका ३ सांसद र चार प्रमुख तथा उपप्रमुख छन् । उसको मतभार २ सय १६ छ । 

हेमराज राई राष्ट्रियसभा निर्वाच

विशेष