News

कोरोना संक्रमित कर्मचारीमाथि अन्यायः यस अघिको बिदा कटौती

कोरोना संक्रमित कर्मचारीमाथि अन्यायः यस अघिको बिदा कटौती

सरकारले कोरोना संक्रमण भएका कर्मचारीलाई समेत पर्याप्त विदा नदिने भएको छ। मन्त्रीपरिषदको वैठकले यस अघि तोकिएको बिदा कटौती गर्ने निर्णय गरेपछि कोरोना संक्रमित कर्मचारी विरामी अवस्थामै भएपछि हाजिर हुनु पर्ने अबस्था आएको हो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका कार्यालयलाई परिपत्र गर्दै बिदा कटौतीको जानकारी दिएको छ । मन्त्रालयले २०७८ पुस ३० गतेको मन्त्रिपरिषद बैठकका निर्णय कार्यान्वयनका लागि गरेको परिपत्रमा कोरोना संक्रमण पुष्टि भएका कर्मचारीले बढीमा एक साता छुट्टी पाउने जनाइएको छ ।

निर्णयअनुसार अस्पताल भर्ना हुनुपरेको अवस्थामा डिस्चार्ज भएको मितिले तीन दिनसम्म मात्रै कर्मचारीले बिदा पाउने छन् । होम आइसोलेशनमा बसेकाले सात दिन र कन्ट्याक्ट ट्रेसिङमा परेकाको हकमा भने सम्बन्धित सुपरीवेक्षकको अनुमति लिई कोभिड–१९ परीक्षण नगरेसम्म बढीमा पाँच दिनसम्म बिदा पाउने मन्त्रालयले जारी गरेको परिपत्रमा उल्लेख छ । 

विशेष