News

प्रहरीलाई यौन सम्पर्कमा भुल्याएर फरार भएका कैदी ३२ दिनपछि पक्राउ

प्रहरीलाई यौन सम्पर्कमा भुल्याएर फरार भएका कैदी ३२ दिनपछि पक्राउ

प्रहरी यौन सम्पर्कमा भिडाएर पुस ८ गते दाङको घोराहीबाट फरार भएका कर्तब्य ज्यान मुद्दाका कैदीलाई प्रहरीले भारतबाट फक्राउ गरी नेपाल ल्याएको छ। ३२ दिनको खोजतासपछि कैदी यामराज परियारलाई नेपाल ल्याईएको दाङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजाल नेतृत्वको ५ सदस्यीय टोलीले परियारलाई पञ्जाब स्थित लुधियानाबाट पक्राउ गरी सोमबार दाङ ल्याएको हो।

परियार आफ्नै प्रेमिका हेमा चौधरीको हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भोगिरहेका थिए। साबिकको सतबरिया गाविस ५ निवासी २२ वर्षीया हेमासँग शारिरिक सम्वन्ध वनाएपछि हेमा गर्भवती बनेकी थिइन् । गर्भवती भएकै समयमा हेमा २०७१ जेठ २२ गते घरबाट गायब भइन् । लामो अनुसन्धानपछि प्रहरीले २०७१ साल साउन ४ गते यामराजलाई पक्राउ गरेको थियो । र उनले आफुले हेमाको हत्या गरेको स्विकारेका थिए ।

दाङ जिल्ला अदालतले यामराज परियारलाई जन्मकैद अर्थात् तत्कालीन समयको कानुन अनुसार २० वर्षको कैद सजाय सुनाएको थियो । जेल बसेको ७ वर्षभन्दा लामो समय भइसकेको र चालचलन पनि राम्रो भएको भन्दै उनी कारागारका नाइके बनेका थिए । नाइके भएपछि उनले बजार जाने आउने, सरसामान किन्न जाने लगायतका सुविधा पाउँथे । त्योबाहेक उनलाई जेल प्रशासनले निजी मोबाइल राख्ने अनुमति समेत दिएको दाबी गरिएको छ । नाइके भएका कारण परियारले जेलर लगायतको मन जितेका थिए र राम्रो चालचलन भएको व्यक्ति भन्दै उनीमाथि खासै निगरानी पनि गरेको थिएन ।


पुस ८ गते यामराज छालासम्बन्धी रोग लागेको भन्दै जँचाउन जाने भन्दै जेलरलाई भेटे । प्रहरी जवान धन बहादुर चौधरीको साथ लगाएर उनलाई ११ बजे अस्पताल पठाईउो। तर उनीहरु अस्पताल नगएर होटलमा पुगे । घोराहीकै एक होटलमा अन्य दुई जना युवती रहेको र उनीहरूसँग यौन सम्पर्क गरेर अस्पताल जाने भन्दै प्रहरी जवान चौधरीलाई परियारले फकाएका थिए ।

यो पनि - पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी


युवतीसँग यौनसम्बन्ध राख्ने भनेपछि प्रहरी जवान चौधरीले पनि परियारको योजनामा साथ दिएका थिए । हतकडी नलगाई बाहिर लगिएका परियार प्रहरी जवान चौधरीले युवती लिएर होटलको रुममा छिरेपछि प्रहरीकै मोटरसाईकल लिएर उनी फरा भएका थिए ।

चौधरी यौनक्रिडामै रहेका बेला यामराजले बाहिरबाट ढोकाको चुकुल लगाएर प्रहरीकै मोटरसाइकल लिएर फरार बनेका थिए ।  मोटरसाइकल पछि लमहीको बेलदमार जङ्गलमा फेला परेको थियो ।

सो घटनामा संलग्न भन्दै प्रहरीले प्रहरीकै सई, हवल्दार र जवान, दुई जना युवती र एक बिचौलियालाई पक्राउ गरेको थियो । मिलोमतोको आशङ्कामा कारागारका जेलर युवराज परियारलाई पनि पक्राउ गरिएको थियो । 

यो घट्नाले दाङ प्रहरीको सुरक्षा सतर्कताका सम्बन्धमा व्यापक आलोचना भयो । त्यस लगत्तै दाङ प्रहरीले डिएसपी मुकुन्द रिजालको नेतृत्वमा छानबिन समिति र फरारको खोजी सुरु गर्न समिति नै बनायो । 

प्रहरीले यामराजलाई खोजी गरे पनि उनी नेपालबाट फरार भएको चौथो दिनमै नयाँ दिल्ली पुगिसकेका थिए । नेपालमा रहँदा दाह्री र कपाल काटेका यामराजले पञ्जाबमा पुगेपछि आफ्नो हुलिया परिवर्तन गरेका थिए । छोटो कपाल, फ्रेञ्च कट दाह्री काटेको व्यक्ति यामराज नै हो भनेर छुट्टाउन प्रहरीलाई कठिन भयो।

माघ ८ गते राती प्रहरी टोली पञ्जाबको लुधियाना पुग्यो र यामराजलाई नियन्त्रणमा लियो । माघ १० गते अपराह्न प्रहरीले उनलाई दाङ ल्याएको हो।

यो पनि

पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी

यामराज परियार

विशेष