News

पाँच वर्षिय छोरासहित कन्चनपुरकी महिला बेपत्ता

पाँच वर्षिय छोरासहित कन्चनपुरकी महिला बेपत्ता

गत पुस ९ गते छोरासहित घरबाट निस्किएकी कन्चनपुर वेदकोट नगरपालिका–९ स्थायी ठेगाना भएकी संगिता धामी (हनु राई) अझै परिवारको सम्पर्कमा आएकी छैनन् । 

२६ वर्षीया उनको साथमा पाँच वर्षीय छोरा हिमांसु पनि रहेको श्रीमान प्रदिप धामीले जानकारी दिए ।

सम्पर्कविहीन भएकी महिलासँग  स्थानिय एक २५ वर्षिय युवक पनि बेपत्ता भएकोहुँदा उनिहरुसँगै बसेको हुनसक्ने आशंका रहेको श्रीमान प्रदिप धामीको भनाइ छ । 

रोजगारिको क्रममा एक वर्षदेखि भारतमा रहेका प्रदिप श्रीमती सम्पर्क विहिन भएको खबर पाएपछि नेपाल आएको बताउँछन् । 

‘श्रीमती छोरासहित बेपत्ता भएको खबर पाएपछि नेपाल आएको थिए । स्थानिय २५ वर्षिय युवकसँग भागेकीहुन् भनेर परिवारले भन्छन् । उसको (श्रीमतीको) माइतीमा बुझ्दापनि ती युवकसँग काठमाडौको चोभारतिर डेरागरी बसेकाछन् भन्ने खबर पाएको छु । तर, उसको मावाईल बन्द छ ।’ प्रदिप धामीले भने ।
श्रीमतीको माइतीका अनुसार संगिता छोरासहित स्थानिय युवकसँग काठमाडौको चोभारतिर सँगैबस्दै आएको भन्दै अनुसन्धानका लागि शनिबार महानगरिय प्रहरीवृत्त किर्तिपुरमा निवेदन दिएको प्रदिपले बताए ।

महिला बेपत्ता

विशेष