News

बेहुली लिन हिडेको रथ पल्टिएर बारामा २ जनाको मृत्यु

बेहुली लिन हिडेको रथ पल्टिएर बारामा २ जनाको मृत्यु

बारामा रथ वनाएको गाडी अनियन्त्रित भएर पल्टिदा दुई जनाको मृत्यु भएको छ। बेहुली लिन हिँडेको रथ पल्टिँदा वाराको आदर्श कोटवाल गाउँपालिका–३ की १५ वर्षीया निलमकुमारी राम र सिम्रौनगढ नगरपालिका–७ की २३ वर्षीया शैलकुमारी रामको मृत्यु भएको हो ।

दुर्घटनामा १४ जना घाईते भएका छन् । सोमबार बेलुका साढे ७ बजे रथ बनाइएको गाडी अनियन्त्रित भएर पल्टेको थियो। आदर्श कोटवाल गाउँपालिका–३ आदर्शकोतवालका सियाराम महराको घरबाट बेहुला लिएर निस्कन लागेको रथ अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयहरूका अनुसार उक्त रथमा बेहुला चढ्नुअघि नै दुर्घटना भएको थियो । दुर्घटनापछि स्थानीयहरूले घाइतेको उद्वार गरी अस्पताल पु¥याएका थिए । दुर्घटनाका घाइते १४ जनाको बारा र पर्साका विभिन्न अस्पतालमा उपचार भइरहेको जनाईएको छ। बढी मानिस चढेका कारण रथ अनियन्त्रित भएर पल्टेको जनाईएको छ। 
 

विशेष