News

देउवालाई पोखरेलको कटाक्ष– मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ न

देउवालाई पोखरेलको कटाक्ष– मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ न

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाको खिल्ली उडाएका छन् ।

आगामी चुनाव कहिले गर्ने भनेर बहस जारी रहेका बेला नेकपा एमालेका महासचिव पोखरेलले ५ दलिय गठवन्धन र प्रधानमन्त्री देउवाविरुद्ध कटाक्ष गरेका हुन्। 

यसअघि स्थानीय तहको चुनाव नै तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको निर्वाचन एक पटक गर्न खोजेका विषयमा पोखरेलले कटाक्ष गरेका छन् । ‘स्थानिय तहको चुनाव तीन चरणमा गरेको देउवा सरकारले तीनै तहको चुनाव एकैचोटी गर्ने रे ! त्यो पनि हामीले पत्याइदिनु पर्ने।’– उनले लेखेका छन् ।

यसैगरी प्रदेश सरकारमा अनावश्यक मन्त्री वनाएको गठवन्धनले खर्च घटाउँन एकै चरणमा निर्वाचन गर्न खोजेको विषयमा पनि उनले आलोचना गरेका छन् । उनले लेखेका छन्–‘६–७ जनाले चलाएको प्रदेश सरकार चलाउन १३–१४ वटा मन्त्रालय र १६–१७ जना मन्त्री बनाउने गठवन्धनले खर्च जोगाउन एकैचोटी चुनाव गरौ भनेको सुन्दा कस्तो–कस्तो लाग्ने ! मोही माग्दा ढुंग्रो लुकाउने हरकत नगरौ न ।’
 

शंकर पोखरेल शेरबहादुर देउवा

विशेष