News

बाबुराम भट्टराईलाई पुनः कोरोना संक्रमण

बाबुराम भट्टराईलाई पुनः कोरोना संक्रमण

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बावुराम भट्टराईलाई पुनः कोरोना संक्रमण भएको छ।

उनले आफुलाई कोरोना संक्रमण भएको ट्वीटर मार्फत जानकारी दिएका छन् । ‘सतर्कताका बाबजुद मलाई कोभिड–१९ ले पुनः संक्रमण गरेको छ। पिसिआर रिपोर्ट पोजेटिभ आएको छ! लक्षण सामान्य छ। केही समय यता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु। असुविधाका निम्ति क्षमाप्रार्थी छु’– उनले लेखेका छन् ।

यसअघि गत कात्तिक महिनामा पनि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसँगै पत्नि हिसिला यमीलाई पनि कोरोना भएको थियो। यस पटक भने उनले हिसिलाको वारेमा जानकारी दिएका छैनन्।
 

विशेष