News

सिके राउतका कार्यकर्ताले डाक्टर कुटे, सांसदको हात भाँचे

सिके राउतका कार्यकर्ताले डाक्टर कुटे, सांसदको हात भाँचे

चन्द्रकान्त (सीके) राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताहरुले चिकित्सकलाई कुटपिट गर्दै टाउको फुटाएका छन् । जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सतिश साहमाथि उनीहरुले आक्रमण गरेका हुन्।

बर्दिबास गइरहेका डाक्टर साह सवार प्रदेश २–०२–००१ झ ०१६३ नम्बरको सरकारी गाडीलाई जनकपुरको पिडारी चोकमा रोकेर जनमत पार्टीका कार्यकर्ताहरुले तोडफोड गरेका थिए । अन्धाधुन्ध भाटा प्रहार गरेपछि साह घाइते भएका छन्। उनकको टाउको फुटेको प्रहरीले जनाएको छ। उनको अनुहारमा गहिरो चोट लागेर आठ वटा टाँका लगाइएको साहका आफन्तले बताए।

यसअघि उनीहरूले मधेस प्रदेशका प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि तोडफोड गरेका थिए। राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गर्न जाँदै गरेका यादवको गाडीमा जानकी मन्दिर अगाडि तोडफोड भएको हो । सांसद यादवको हात भाँचिएको छ।

उग्ररुपमा प्रदर्शनमा उत्रिएका कार्यकर्ताहरुले दश वटा सरकारी गाडीमा तोडफोड गरेका छन्।

केही वर्षअघि मात्रै खुला राजनीतिमा आएको सिके राउत नेतृत्वको जनमत पार्टीले पछिल्लो समय बन्द र हड्ताल गर्दै आएको छ । 
 

सीके राउत

विशेष