News

राष्ट्रिय सभा निर्वाचनमा गठवन्धनका ४ उम्मेदवारको जित दर्ता

राष्ट्रिय सभा निर्वाचनमा गठवन्धनका ४ उम्मेदवारको जित दर्ता

राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम र लुम्बिनीमा सत्ता गठवन्धनका उमेद्धारहरु विजयी भएका छन् । मतगणना अनुसार सुदूरपश्चिमबाट महिलातर्फका उमेद्धार गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित भएकी छन् ।

एकीकृत समाजवादीकी नेतृ शाहले प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार सन्तोषकुमारी थापालाई पराजित गरेकी हुन । शाहले प्रदेशसभाको ३९ र स्थानीय तहको १०९ जनप्रतिनिधिको मत पाएकी छिन् भने थापाले प्रदेशसभाका १२ र स्थानीय तहका ६४ जनप्रतिनिधिको मत पाइन् ।

शाह निर्वाचित भएको आधिकारिक घोषणा भने निर्वाचन आयोगले गरेको छैन । सुदूरपश्चिम प्रदेशमा अन्य र दलिततर्फका उम्मेदवारको मतगणना भने जारी छ ।

यता, लुम्बिनी प्रदेशमा पनि गठवन्धन उम्मेद्वारले जित हात परोका छन्। एकीकृत समाजवादीका राजेन्द्र लक्ष्मी गैरे, राजमोका कुलप्रसाद विश्वकर्मा र कांग्रेसका युवराज शर्मा विजयी भए। तीनै उम्मेदवारले समान चार हजार ३७४ मत्भार पाएका छन् ।

पराजित एमालेका उम्मेदवारले तीन हजार ३१२ मतभार पाएका छन् । एमालेबाट भारती उपाध्याय खनाल, कृष्ण सुनार र रामदयाल गुप्ता प्रतिष्पर्धामा थिए । राष्ट्रियसभाको रिक्त १९ सीटका लागि भएको निर्वाचनको अन्य प्रदेशमा भने मतगणना जारी छ । 
 

राष्ट्रियसभा

विशेष