News राजनीति

भाग्य बलियो भएपछिः गोलाप्रथामा पनि गठवन्धनकै उम्मेदवार विजयी

भाग्य बलियो भएपछिः गोलाप्रथामा पनि गठवन्धनकै उम्मेदवार विजयी

राष्ट्रियसभा निर्वाचन अन्तरगत प्रदेश १ मा अन्यतर्फको कांग्रेसका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् । मतगणना हुँदा बराबरी भएपछि गोला तान्दा गठबन्धनतर्फका वस्नेत विजयी भएका हुन ।

मतगणनामा नेकपा एमालेका गुरु बराल र गठबन्धनका बस्नेतको मत बराबरी भएको थिए । दुवैले समान ४ हजार ४८८ मत प्राप्त गरेका छन् । बरालले प्रदेश सांसदतर्फ १ हजार ८२४ र स्थानीय तहतर्फ २ हजार ६६४ मत प्राप्त गरेका थिए । त्यसैगरी बस्नेतले प्रदेश सांसदतर्फबाट २ हजार ४०० र स्थानीय तहतर्फ २ हजार १२४ मत प्राप्त गरेका थिए ।

मत बराबरी भएपछि गोलाप्रथाबाट बस्नेत विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रदेश १ मा राष्ट्रियसभाको तीन सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट महिलामा जयन्ती राई र अन्य तर्फ बस्नेत विजयी भएका छन् । त्यसैगरी अल्पसंख्यकतर्फ नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भएका छन्।

राष्ट्रियसभा

विशेष