News

भारतको ७३औं गणतन्त्र दिवसका अवसरमा धरानमा मोविलिटी एड क्याम्प 

भारतको ७३औं गणतन्त्र दिवसका अवसरमा धरानमा मोविलिटी एड क्याम्प 

भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदूतावासले वुधवार धरानमा मोविलिटी एड डिष्ट्रियुसन क्याम्प आयोजना गरेको छ। धरानस्थित पेन्सन वितरण कार्यालयको संयोजनमा दुतावासको रक्षा प्रभागले ‘आजादीका अमृत महोत्सव’ कार्यक्रम अन्तर्गत क्याम्प आयोजना गरेको हो।

यो क्याम्प भारतीय सेना तथा आसाम राइफल्सका भूपू सैनिकका लागि आयोजना गरिएको हो। भारतीय सेनाका भूपू सैनिकहरुको कल्याणका लागि रक्षा प्रभागले चालेका थुप्रै प्रयासहरुमध्ये नै यो क्याम्प पनि आयोजना गरिएको जनाईएको छ।

शिविरमा ३२ जना दिव्यङ्गजन भूपू तथा उनीहरुका परिवारका सदस्यहरुलाई ह्वीलचेयर तथा वैसाखी प्रदान गरिएको थियो । उमेर सम्बन्धी अशक्तता÷दुर्बलता र अन्य स्वास्थ्य समस्याबाट पीडित भूपू सैनिक तथा उनीहरुका परिवारका सदस्यहरुलाई पेन्सन डक्युमेन्टेसन क्याम्प तथा ¥यालीमार्फत पहिचान गरिएको थियो ।

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोपेडिक्स विभागले स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो । यस किसिमको मोबिलिटी एडले पीडितहरुको शारीरिक क्रियाकलापमा सघाउँदै उनीहरुलाई समाजसँग जोड्न मद्दत गर्ने आयोजकको विश्वास छ । 

महामारीको समयमा आफ्ना भूपू सैनिक तथा समाजको हित हुने काम गर्न तथा उनीहरुको समस्या निराकरण गर्न रक्षा प्रभागले विभिन्न उपायहरु अपनाइरहेको छ । समयमै पेन्सनको भुक्तानी, भर्चुअल आइडेन्टिफिकेसन, डिजिटलाइजेसन, रक्तदान शिविर, रासन वितरण, मास्क तथा स्यानिटाइजरको वितरण, स्थानीय प्रशासनलाई सहयोग, ह्वीलचेयरको वितरण, धेरै भन्दा धेरै क्षेत्रहरु समेट्न नयाँ डक्युमेन्टेसन ¥याली जस्ता विभिन्न कार्यहरु प्रभागले गर्दै आएको छ । 
 

गणतन्त्र दिवस

विशेष