News राजनीति

रातो पासपोर्टले सिद्यायो राईको राजनीति, ग्याल्जेनले रोके गठवन्धनको क्लिनस्वीप

रातो पासपोर्टले सिद्यायो राईको राजनीति, ग्याल्जेनले रोके गठवन्धनको क्लिनस्वीप

राष्ट्रियसभा सदस्य चुनावमा प्रदेश १ मा एमालेले पाँच दलीय गठबन्धनको घेराबन्दी तोडेको छ। १९ सिटका लागि सातै प्रदेशमा भएको चुनावमा गठबन्धनले क्लिनस्वीप गर्ने रणनीति अघि सारे पनि प्रदेश १ मा भने अल्पसंख्यकको कोटामा एमालेले जित हात पारेको छ।

प्रदेश १ मा भएको मतदानमा नेकपा (एमाले) का नेता सोनम ग्याल्जेन शेर्पा विजयी भए। उनले रातो पासपोर्ट प्रकरणमा मुछिएका गठवन्धनका उम्मेदवार हेमराज राईलाई पराजित गरेका हुन्।

अल्पसंख्यक क्षेत्रबाट उम्मेदवार रहेका शेर्पाको विजयले गठबन्धनको क्लिनस्वीपमा ब्रेक लागेको छ । शेर्पा ४७३४ मत भारसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हेमराज राईले ४ हजार ३ सय ६८ मतभार प्राप्त गरे । 

यो पनि- पासपोर्ट काण्डमा मुछिएका राईलाई गठवन्धनले वनायो राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार

सोलुखुम्बु जिल्ला खुम्बु पासाङल्हमु गाउँपालिका नाम्चेमा जन्मेका शेर्पा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्ष समेत हुन् । शेर्पाले नेकपाबाट पहिलोपटक सम्पन्न प्रतिनिधि सभाको लागि समानुपातिकमा उमेदवारी समेत दिएका थिए ।

यसैगरी, गठवन्धनले उम्मेदवार वनाएका राई रातो पासपोर्ट काण्डमा मुछिएका थिए । जसपाका केन्द्रीय उपाध्यक्ष समेत रहेका राईको घर भोजपुरको टेम्केमैयुङ गाउँपालिका–३, अन्नपूर्णको मेसपाङ हो । लामो समयदेखि राजनीतिमा सक्रिय रहेका राई नेकपा एमाले छोडेर जसपामा पुगेका हुन ।

राई एमालेमा छँदै रातो पासपोर्ट काण्डमा मुछिएका नेता हुन । यो प्रकरणमा एमालेले तत्कालिन अनुशासन कमिटीका अध्यक्ष चितवन निवासी नरवहादुर खाँडको संयोजनकत्वमा छानविन समिती बनाएर छानविन गरेको थियो । उक्त समितिले राईलाई कारवाही गर्न सिफारिस गरेको थियो भने उनी लामो समय कारवाहीको दायरामा थिए । 

यसैगरी, सरकारका तर्फबाट पनि पासपोर्ट दुरुपयोग काण्डमा राईको विषयमा छानविन भएको थियो।

यो पनि

पासपोर्ट काण्डमा मुछिएका राईलाई गठवन्धनले वनायो राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार

राष्ट्रिय सभा निर्वाचनमा गठवन्धनका ४ उम्मेदवारको जित दर्ता

राष्ट्रियसभा रातो पासपोर्ट हेमराज राई सोनम ग्याल्जेन शेर्पा

विशेष