News

भारतिय सेनाका नेपाली सैनिकका आफन्तलाई दूतावासले बाड्यो ६ दशमलव ३५ करोड  

भारतिय सेनाका नेपाली सैनिकका आफन्तलाई दूतावासले बाड्यो ६ दशमलव ३५ करोड  

काठमाडौं स्थित भारतीय राजदूतावासमा बुधवार ७३औं गणतन्त्र दिवस मनाएको छ। नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रममा भारतका राष्ट्रपतिको सन्देश पढेर सुनाईएको थियो। राजदूत क्वात्राले वीर नारी र मृतक सैनिकका निकटतम नातेदारलाई नेपाली रुपैयाँ ६ दशमलव ३५ करोड नगद तथा कम्बल वितरण गरी सम्मान गरे।


मानवीय प्रयासका सबै क्षेत्रहरुमा भारतीयले हाँसिल गरेका उपलब्धि र भारतको स्वतन्त्रताको पचहत्तर वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत नै यो कार्यक्रमको पनि आयोजना गरिएको हो ।

आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरी र सन् २०२३ को अगस्ट महिनासम्म थुप्रै कार्यक्रमहरुको आयोजना गरिनेछ । नेपालमा प्रदेश तथा जिल्लामा भारतको सहयोगमा सञ्चालित ७५ वटा विकास परियोजनाहरु यसै वर्ष उद्घाटन गर्ने योजना छ ।

यसैगरी, वभिन्न संस्था तथा स्थानीय तहलाई दुतावासले ७५ वटा एम्बुलेन्स र स्कुल बस उपहार स्वरुप प्रदान गर्ने भएको छ।


 

गणतन्त्र दिवस

विशेष