News

नेपालको जनसंख्या वृद्धिदर ८० वर्ष यताकै सवैभन्दा कम !

नेपालको जनसंख्या वृद्धिदर ८० वर्ष यताकै सवैभन्दा कम !

नेपालको जनसंख्या वृद्धिदर घटेको छ। पछिल्लो जनगणनाअनुसार नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम हो । बुधवार नेपालको जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले यसपटक जनसंख्या वृद्धिदर घटेको जनाएको छ ।

अघिल्लो जनगणनामा १.३५ प्रतिशत जनसंख्या वृद्धिदर रहेकोमा यसपटक भने ०.९३ प्रतिशत पुगेको छ । विभागको तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । दस वर्षमा नेपालको जनसंख्या २६ लाख ९७ हजार ९ सय ७६ अर्थात १० दशमलब १८ प्रतिशतले बढेको विभागले जनाएको छ ।

यसपटकको जनगणनामा पुरुषको भन्दा महिलाको संख्या वढि छ। महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ र पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ छ ।

नेपालको जनसंख्या वृद्धिदर ८० वर्षयताकै कम भएको जनाउँदै विक्रम संवत १९९८ मा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धिदर १.२७ प्रतिशत रहेको विभागले जनाएको छ। त्यसअघि १९८७ र १९७७ मा गरिएको जनगणनामा भने जनसंख्या वृद्धिदर माइनसमा थियो ।

यसअघि विक्रम संवत २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ थियो । नेपालमा विक्रम संवत १९६८ सालदेखि जनगणना गर्न थालिएको हो । त्यतिबेला नेपालको जनसंख्या ५६ लाख ३९ हजार थियो।

जनसंख्या

विशेष