News अर्थ बैंकिङ

शिवशिखर सहकारीले आफनै एटिएम सञ्चालन गर्दै

शिवशिखर सहकारीले आफनै एटिएम सञ्चालन गर्दै

भक्तपुर मध्यपुर ठिमी नगरपालिका–३, कौशलटारमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले संस्थाले आफ्ना सदस्यहरुलाई एटिएम सुविधा दिने भएको छ।

इस्वि संवत २०२२ को (नयाँ वर्ष) को अवसरमा यो सेवा दिन लागिएको हो । एक साताभित्र एटिएम सेवा सञ्चालनमा आईसक्ने संस्थाका मुख्य प्रवन्धक लिलानाथ गौतमले जानकारी दिए । 

संस्थाले यसअघि आफना सदस्यहरुलाई मोबाइल वैंकिङ सेवा उपलब्ध गराएको थियो । आफना सदस्यहरुलाई प्रविधिसँग जोड्दै लाने र कारोवारलाई प्रविधि मैत्री वनाउने उदेश्यले एटिएम र मोवाईल वैंकिङ सेवा सुरु गरिएको गौतम वताउँछन् ।

संस्थाले देशका विभिन्न स्थानमा गरी हाल २४ वटा साखा सञ्चाल गरी सर्वसाधारणलाई सेवा दिदै आएको छ। यो संस्थाले स्थानिय श्रोत र साधनलाई परिचालन गरी रोजगारी  सृजना गर्ने, खाद्यान्न तथा अन्य अत्यावश्यक बस्तुहरुको सहज उपलब्धताको लागि गार्डेन मार्ट नामको डिपार्टमेन्ट स्टोर खोली सेवा दिने, पशुपालन तथा मासुजन्य पदार्थ, कृषि तथा जडिबुटीको अनुसन्धान, प्रसोधन तथा बजारीकरणमा कृषकहरुलाई सहयोग र सहभागि गराउने उदेश्य लिएको छ। 

विशेष