गौर घट्नामा भारतबाट ल्याईएको थियो हतियारधारी जत्था : पुण्य गौतमको खुलासा
सामाजिक सञ्जालमा सदावहार चर्चामा रहने पुण्य गौतमले १४ वर्षअघि (०६३ चैत ७ गते) भएको गौर घट्ना भारतबाट ल्याईएको हतियारधारी जत्थाबाट घटाईएको वताएका छन् । उनले उक्त घट्नामा तत्कालिन मधेशी जनअधिकार फोरमको संलग्न रहेको उक्त पार्टीकी नेतृ तथा संघीय सरकारकी मन्त्री रेणु यादवको भनाईबाट पुष्टि भएको वताए ।
नेपाल आजलाई अन्तर्वार्ता दिने क्रममा गौतमले रेणु यादव सामान्य मान्छे नभएर सरकारको एउटा मन्त्रालय सम्हालेको मन्त्री भएकाले उनको बोलिलाई गम्भिरता पुर्वक लिनु पर्ने वताए । ‘रेणु यादव भनेको नेपाल सरकारको माननिय मन्त्री हो। वहाँ कुनै ऐरे, गैरे, भैरे, नत्थु खैरे होईन’ उनले भने–‘तर, वहाँले ऐरे, गैरे, नत्थु खैरे, कुडा, कर्कट छापभन्दा पनि तल्लो स्तरमा आएर आफनो पदिय आचरण, गरिमा, संविधान प्रतिको बफादारिता विपरित अभिब्यक्ति दिनु भएको छ।’ मन्त्री यादवले आफुले लिएको सपथ समेत भुलेको उनको आरोप छ।
‘अझ महत्वपुर्ण कुरा के भने नेपालको राष्ट्रिय सार्वभौम स्वतन्त्रता, अखण्डता विरुद्ध, एक हिसावले भन्नु पर्दा हिंसात्मक आगो झोस्ने अभिब्यक्ति दिनु भयो। त्यसले शान्ति प्रकृयामा उडाएका ति परेवाहरु रक्तमुछेल भएको हामीलाई अनुभुती भयो’ उनले थपे–‘किन भने ०६३ सालको वृहत शान्ति सम्झौता यता वुद्धको देशका हिंसा ठप्पै होस, हिंसा नहोस भनेपनि पटक–पटक÷फेरी पनि यो देश हिंसाको भुमरीमा जाकिएको छ र हामी दुखी छौं। हाम्रो माटो रक्तरन्जित भयो।’
गौर घट्ना नेपाली समाजका निम्ति अत्यन्तै पीडादायी दुस्वप्न र क्रुर घटना भएको वताएका गौतमले त्यसबाट अहिले पनि समाज मुक्त हुन नसकेको बताए । ‘हामी त्यसबाट वाहिर आउन निकै समय लाग्यो। र याद गर्नु होला मन्त्री रेणु यादवज्यू, तपाई राज्यको एउटा महत्वपुर्ण मन्त्रालय सम्हाल्नु भएको छ र तपाईको पार्टीको वरिष्ठ नेतृ हुनुहुन्छ।’ उनले भने–‘तपाईले हिन्दी भाषामा जसरी ‘अर्को गौर घट्ना घटाउन नपरोस हामीलाई के सोचेको ?’ भनेर अभिब्यक्ति दिनु भयो त्यो उदेक लाग्दो छ।’ सिके राउतलाई लल्कार्ने क्रममा मन्त्रीले संविधानको वर्खिलाफ, शान्तिप्रकृया विपरित हिंसात्मक अभिब्यक्ति दिएर एक हिसावले भन्नु पर्दा फुलनदेवी शैलीमा गर्जिएको देख्दा आफुत छक्कै परेको पनि उनले वताए।
यो पनि - पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी
एउटा मन्त्रीको मर्यादा अनि देशको सार्वभौम सत्ता र भौगोलिक अखण्डता विरुद्ध÷संविधान विरुद्ध अभिब्यक्ति दिनु र त्यसमा पनि आजसम्म आशंका गरिदै आएको घट्ना आफैले गराएको ढंगले प्रश्तुत हुनु आफै आश्चर्य जनक भएको उनले वताए ।
‘तत्कालिन उपेन्द्र यादवले नेतृत्व गरेको फोरमको नेतृत्वमा लोकतन्त्र लगत्तै पुरौ माओवादीहरुलाई म्यासेकर (नरसंहार) गर्ने नाउँमा १७ वर्षदेखी २५ वर्षभित्रका टिनएजर झण्डै युवायुवतीहरु वाईसिएलमा संगठित थिए। भर्खर जनमुक्ति सेनाको ब्यारेक जाने तयारी गर्दै थिए। शिविर जाने तयारी गर्दै थिए। उनीहरुलाई कुटिकुटी, काटिकाटी, महिलाहरुलाई बलात्कार गरिगरी, विदेशी भुमिबाट राईफल भिरेर आएका एकदमै अपराधिक जत्थाहरुको नेतृत्वमा जसरी रगतको खोलो वगाईयो। मलाई लाग्छ, मोहम्मद अफताव आलमले रौतहटमा जसरी इट्टाभट्टामा मान्छे काटेर, पोलेर हत्या गरेका थिए। त्यो भन्दा पनि क्रुर घटना गौरमा घटेको थियो’– गौतमले भने।
गौर घट्नाका विषयमा त्यतिखेर राष्ट्रिय रुपमा मात्र होईन, अन्तर्राष्ट्रिय रुपमा पनि ठुलो हंगामा मच्चिएको बताउँदै उनले त्यसपछि नै उपेन्द्र यादवको पार्टीले मुर्दा शान्तिमा ठुलो संगठन गरेको दावी गरे। ‘माओवादीलाई ताछ्न, वढार्न, भुत्लाउन, खुईल्याउनको निम्ति त्यो आन्दोलन प्रयोग गरिएको थियो भनेर पनि भनिन्छ। र राष्ट्रिय पार्टीहरुलाई साईजमा राख्नका निम्ति पनि देशी विदेशी प्रतिक्रियावादी षडयन्त्रकारीहरुले गौरमा एउटा ‘नरमेश यज्ञ’, एक हिसावले भन्नु पर्दा ‘नर बधशाला’ को निर्माण गरिएको थियो। भनिन्थ्यो’ उनले थपे–‘यसबाट दुई वटा कुरा पुष्टि हुन्छ, सिके राउतलाई लल्कार्ने क्रममा रेणु यादवले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा गौर घट्नामा उनी संलग्न पार्टीको इतिहाँसमा संलग्नता छ भन्ने कुरा पुष्टि गरिन। अर्को कुरो, तेत्रो आपराधिक घट्नाप्रति उनीहरुलाई कुनै पश्चाताप छैन। बरु, यदि चुरीफुरी गर्छ भने, जोरी कोही खोज्छ, हक्वाँ गर्दै आउँछ भने त्यस्तै नरसंहारबाट हामी तिमीहरुलाई ठेगान लगाई दिन्छौं भन्ने टाईपको, फुलनदेवी शैलीको, सोलेको गब्बरसिंह शैलीको ऐलान भएको छ र मलाई जहाँसम्म लाग्छ, यो अनौठो किसिमको देशी विदेशी शडयन्त्रको कडि नै म त्यसलाई मान्छु।’
यो पनि
पुन्य गौतमको खुलासाः यस्तो छ, उपेन्द्र र रेणु यादवको रङ्गिन मनोहर कहानी
गौर घट्ना गौर हत्या प्रकरण गौर हत्या काण्ड