वर्षमानको सकृयता वढ्यो, प्रचण्ड प्रति जनार्दनको आशंका
लामो समय विदेशमा उपचार गराएर स्वदेश फर्केका माओवादी नेता वर्षमान पुनले आफनो सकृयता वढाएका छन् । चीनबाट फर्के लगत्तै उनले आफुलाई पार्टीको महासचिवको दावेदार घोषणा गरेका छन् भने त्यसै उनसार आफना गतिविधि अगाडि वढाएका छन् ।
पुनको सकृयतासँग महासचिव पदका अर्का आकांक्षी जनार्दन शर्मा तनावमा परेका छन् । त्यसमाथि पुन बुधवार उनलाई नै भेटन पुगेपछि शर्माको तनाव अझै वढेको माओवादी निकट नेताहरुले वताएका छन् ।
जानकारहरुका अनुसार पुन र शर्माको भेटघाट अध्यक्ष पुस्पकमल दाहाल ‘प्रचण्ड’ को योजना अनुसार भएको हो । शर्माले पुनलाई प्रचण्डले अगाडि वढाएको वुझेका छन् ।
जनार्दनले महाधिवेशनकै समयमा आफूलाई महासचिव बनाउन अध्यक्ष प्रचण्डलाई दबाब दिएका थिए। तर प्रचण्डले महासचिवका अर्का दाबेदार वर्षमानसँग पनि छलफल गर्नुपर्ने बताएका थिए। अहिले वर्षमानको सकृयता वढेसँगै उनको मनमा चिसो पसेको निकटका नेताहरु वताउँछन् ।
नेता पुनले स्वदेश फर्के लगत्तै विमानस्थलमै महासचिवको दावी गरेका थिए भने प्रचण्ड निवासमै पुगेर भेटघाट गरेका थिए । आठौं महाधिवेशनले पार्टी अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरे पनि पदाधिकारी भने चयन हुन बाँकी छ।
महाधिवेशनका बेला वर्षमान नेपाल थिएनन्। उनी स्वास्थ्य उपचारका लागि चीनमा थिए।
गत महिना सकिएको महाधिवेशनले पदाधिकारी छान्ने अधिकार केन्द्रीय कमिटीलाई दिएको छ। माओवादीले माघ २७ गते केन्द्रीय कमिटी बैठक राखेको छ। यो कमिटी बैठकले पदाधिकारी टुंगो लगाउने तयारी छ।
वर्षमान पुन जनार्दन शर्मा