News राजनीति

राजेन्द्र लिङदेनको आरोपः नेताहरुको काम लुटेर खाने मात्रै हो

राजेन्द्र लिङदेनको आरोपः नेताहरुको काम लुटेर खाने मात्रै हो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलका नेताहरुको काम नै लुटेर खाने मात्रै भएको आरोप लगाएका छन् । यसअघि उनले ‘नेताहरुलाई जनताले चोर भन्न थालेको’ बताएपछि चर्चा पाएका थिए ।

पछिल्लो पटक एउटा कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लिङदेनले देश विग्रियो भने शेरबहादुर देउवा, केपी ओली र प्रचण्डलाई कुनै असर नगर्ने वरु नेपाली जनतालाई चै समस्या हुने बताए । ‘यो देश विग्रियो भने अव शेरबहादुर देउवाको के विग्रिन्छ भन्या ? यो देश विग्रियो भने केपी ओली, प्रचण्डहरुको के विग्रिन्छ ?’ उनले भने–‘यो देश विग्रियो भने तपाईहरुको भविष्य विग्रिन्छ।’

नेताहरुको काम देशको विकास गर्ने नभई मिलाई जुलाई लुट्ने मात्रै भएको उनले आरोप लगाए । ‘यसो हेर्यो, नेता हेर्यो। नेताले गर्ने काम के रहेछ भन्दाखेरी, मिलाई जुलाई लुट्ने–खाने’– उनले भने।

फरक–फरक पार्टी र एक आपसमा विरोध देखिएपनि देशका ठुला भ्रष्टाचारमा सवै नेता एकै ठाउँ भेटिने गरेको उनको आरोप छ। ‘भन्ने वेलामा कांग्रेस भन्छ, भन्ने वेलामा एमाले भन्छ, भन्ने वेलामा माओवादी भन्छ। एकअर्काको विरोधीको रुपमा देखिन्छन। काटाछिन–मारामार देखिन्छ’ उनले थपे–‘तर, देशको ठुल–ठुलो भ्रष्टाचार काण्डहरुमा उनीहरु एकै ठाउँ भेटिन्छन् ।’
 

राजेन्द्र लिङ्देन

विशेष