News राजनीति

सत्ता गठवन्धनको सहमति विपरित किन बोल्छन् गगन थापा ?

सत्ता गठवन्धनको सहमति विपरित किन बोल्छन् गगन थापा ?

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय निर्वाचन सार्ने विषय संविधान सम्मत नहुने र त्यस्ता विषय नेपाली कांग्रेसले बोक्न नहुने वताएका छन् । स्थानीय निर्वाचनका बारेमा कानुन संशोधन गरेर निर्णय गर्छौं भन्नु गलत हुने उनले वताए ।

५ दलिय सत्ता गठवन्धनका शिर्ष नेताहरुले तीनै तहको निर्वाचन एकै पटक गर्ने सहमति गरेका छन्। तर, कांग्रेसका महामन्त्री थापाले भने आफनै पार्टीका सभापति देउवाले सहमति गरेको विषयका विरुद्धमा यसरी अभिब्यक्ति दिएका हुन। 

शुक्रबार कांग्रेसको केन्द्रीय समितिको बैठकपछि थापाले भने–‘संविधानसम्मत नहुने कुरालाई नेपाली कांग्रेसले बोक्नुपर्ने कुनै कारण छैन। बोक्नु हुँदैन भनेर हामीले सभापतिलाई भनिसकेका छौं। गठबन्धनका नेताहरुले पनि यो कुरा बुझ्नुहुन्छ र संविधानसँग बाझिने गरेर गठबन्धनले निर्णय गर्दैन भन्ने विश्वास छ’– उनले भने।

संविधान लेख्दा र कानुन बनाउँदा संविधानलाई व्याख्या गरेर नै बनाएको भन्दै उनले अहिले बाझियो भन्नु भनेको आफ्नो क्षमतामा नै अविश्वास गर्नु सरह भएको उनले जिकिर गरे। थापाले भने–‘अहिले कानुन र संविधान मिलेन भनेर भन्यौ भने त्यो सही नियतका साथ होइन।’

शनिवार वस्ने गठबन्धनको बैठकबाट यो विषयको छिनोफानो हुने र त्यसपछि सरकार निर्वाचनको मिति घोषणा गरेर अघि वढ्ने उनले बताए । 
 

गगन थापा

विशेष