News

राष्ट्रिय एकता अभियानको चीन विरोधी आन्दोलन देशब्यापी बन्दै

राष्ट्रिय एकता अभियानको चीन विरोधी आन्दोलन देशब्यापी बन्दै

चीनियाँ हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय एकता अभियानले सुरु गरेको प्रदर्शन देशब्यापी रुपमा अघि वढ्न थालेको छ। विहिवार मात्रै प्रदेश १ को राजधानी विराटनगरमा चीन विरोधी प्रदर्शन भएको थियो भने शुक्रवार प्रदेश २ को वीरगञ्जमा समेत प्रदर्शन गरिएको छ।

हरेक प्रदर्शनमा चीनियाँ राष्ट्रपति सि चिन फिङको पुतला जलाउँदै नारा जुलुस गर्ने गरिएको छ। शुक्रवार पर्साको वीरगञ्जस्थित घण्टा घरमा भएको प्रदर्शनका क्रममा पनि राष्ट्रपति सी चिन फिङकाको पुतला जलाईएको छ। 

प्रदर्शनकारीहरुले ‘चीन सरकार मुर्दाबाद, चीनियाँ हस्तक्षेप बन्द गर, सीमा अतिक्रमण बन्द गर, अघोषित नाकाबन्दी खुला गर र नेपाली विद्यार्थीहरुको पढाइ सूचारु गर’ लागयतका नारा लगाएका थिए । प्रदर्शनकारीहरुले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको भन्दै ‘गो ब्याक चाइना’ लेखिएका प्ले कार्ड बोकेका थिए ।

शुक्रवाकरो प्रदर्शन अभियान निकट राष्ट्रिय विधार्थी परिषद्का केन्द्रीय संयोजक विवेक कुशवाहाको नेतृत्वमा भएको भएको थियो । 

यस्तै, विहिवार अभियानका मोरङ संयोजक जितेन्द्र यादवको अगुवाईमा विराटनगरमा प्रदर्शन गरिएको थियो । विराटनगरको महेन्द्र चोकबाट शुरु भएको नाराजुलुस भट्ठा चोकमा पुगेर अन्त्य भएको थियो । 

अभियानका राष्ट्रिय संयोजक विनय यादवले नेपालमा चिनियाँ गुप्तचर संस्था एमएसको गैरकानुनी गतिविधि बढेको, चीनले नेपालको अन्य देशसँगको सम्बन्धमा खेल्न खोजेको, चीनियाँ राजदूत होउ यान्छीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने गरेको, सीमा मिचेको, नेपाललाई अघोषित रुपमा नाकावन्दी गरेको, चीनमा अध्ययन गरिरहेका विद्यार्थीलाई फर्कन नदिई उनीहरुको भविष्य अन्यौलमा पारेकाले त्यसको विरोध र प्रदर्शन गरिएको बताएका छन् । 


 

राष्ट्रिय एकता अभियान सि चिन फिङ

विशेष