News

साल्ट ट्रेडिङका कर्मचारी झाको फुर्तीः भन्छन्– दैनिक १० जना पत्रकार तह लगाउँछु

साल्ट ट्रेडिङका कर्मचारी झाको फुर्तीः भन्छन्– दैनिक १० जना पत्रकार तह लगाउँछु

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका विभागिय प्रमुख ब्रजेशकुमार झाले आफुले पत्रकारहरुलाई तह लगाएर राखेको भन्दै फुर्ती लगाएका छन् । किसानहरुले रासायनिक मल नपाएको विषयमा सुचना संकलनलागि सम्पर्क गर्दा झाले यसरी फुर्ती लगाएका हुन ।

साल्ट ट्रेडिङका प्रबक्ता कुमार राजभण्डारीले फोन नउठाएपछि सिईओ उर्मिला श्रेष्ठको मोवाईल नम्वर माग्न गरिएको सम्पर्कका क्रममा झाले आफुलाई सिईओभन्दा माथिको ब्यक्ति सरह प्रस्तुत गरे। ‘तपाई कोसँग कुरा गर्दै हुनुहुन्छ थाहा छ ?’ भन्दै आफनो पदिय हैसित देखाउन सुरु गरेका झाले ‘म सवैको नम्वर दिदै हिड्ने एक्सचेन्ज हो ?’ भन्दै प्रश्न गरे।

पत्रकारले उनलाई फोन गरेर सिइओको नम्वर माग्नु ठुलै अपराध गरे झै प्रश्तुत भएका झाले ‘जिम्मेवार भएर कुरा गर, तिमेरु जस्ता १० जना पत्रकार म दैनिक डिल गरेर वसेको छु’ भन्दै फुर्ती हाँके। हामी जिम्मेवार भएर हजुरलाई फोन गरेका हौ। रासायनिक मल नपाएर जनता रुदै हिडेका छन्, मलको जिम्मेवारी लिएको साल्ट ट्रेडिङले मलको ब्यवस्थापन गर्न सकेको छैन। त्यही विषयमा कुरा गर्नु परेको छ। सिइओको नम्वर दिनोस न भन्दा उनले भने–‘त्यो जिम्मेवारी मेरो होईन।’

करिव ३ मिनेटको कुराकानीमा आफुलाई देशको सर्वश्रेष्ठ ब्यक्तिको रुपमा प्रस्तुत गर्नमै तल्लिन रहेका झाले समयमा किसानलाई मल उपलब्ध गराउन नसक्नु साल्ट ट्रेडिङ्गको नभई कृषि मन्त्रालय र सरकारको कमजोरी भएको दावी गरे। उनले रासायनिक मलको आपुर्ती र त्यसको ब्यवस्थापनका विषयमा जानकारी त दिएनन् नै सिइओ श्रेष्ठको सम्पर्क नम्वर समेत दिएनन्। 

सार्वजनिक पदमा बसेको ब्यक्ति, जनताको करबाट उठेको पैसाले तलब खाएर यति घमण्ड किन गर्नुहुन्छ ? किन रिसाउनु भएको ? भन्ने प्रश्नमा भने उनले आफुहरुले तिरेको करबाट तिमिहरु पालिएका छौ भन्दै जवाफ दिए । 
यो पनि

किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड ब्रजेशकुमार झा

विशेष