News

मलामी बोकेको बस दुर्घट्ना हुँदा ८ जनाको मृत्यु

मलामी बोकेको बस दुर्घट्ना हुँदा ८ जनाको मृत्यु

पाल्पामा मलामी बोकेको बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। 

मलामी बोकेर बुटवलदेखि रिडी हिँडेको लु १ ख ७२७९ नम्बरको बस रिब्दीकोट गाउँपालिकास्थित लघुवामा दुर्घटना भएको थियो । आइतबार बिहान साढे १० बजे भएको उक्त दुर्घटनामा हुँदा आठ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतकको खनाखत भएको छैन। बसमा ३५ जना मलामी सवार थिए । बसमा सवार अन्य ६ जना गम्भीर घाइते रहेकाले उपचारका लागि जिल्ला सदरमुकाम पठाइएको र बाँकीको अवस्था सामान्य रहेको जनाईएको छ।
 

विशेष