News

नागरिकको आक्रोशः साल्ट ट्रेडिङका झालाई सीके राउतको भाटा चाहिएको छ

नागरिकको आक्रोशः साल्ट ट्रेडिङका झालाई सीके राउतको भाटा चाहिएको छ

०७८ कात्तिक ४ गते सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुख जागेश्वर कुशवाहलाई दुब्र्यवहार गरे। ढल निर्माणमा अनियमितता गरेको आरोप लगाएका राउतका कार्यकर्ताले कुशवाहालाई नाङ्गै पारी शरीरमा हिलो छ्यापेर बजार घुमाए। 

जनकपुरधाम उपमहानगरपालिका ८ बल्वाटोलस्थित सडक निर्माणका क्रममा ढल निकासको समस्या भएको भन्दै पटक पटक आग्रह गर्दासमेत कुशवाहाले वेवास्ता गरेको भन्दै लाठी र बाँसको भाटासहित कार्यालयमा पुगेका उनीहरुले कुशवाहलाई बन्धक वनाएर वजार घुमाएको धेरै वेरपछि मात्रै प्रहरीले छुट्कारा दिलायो।

राउतका कार्यकर्ताको यो शैलीको कसैले विरोध गरे भने सार्वजनिक पद धारण गरेर वसेका कर्मचारीको ब्यवहार र कार्यशैलीबाट वाक्क भएकाहरुले भने त्यसको प्रशंसा पनि गरे । 

जनताको सेवा गर्ने प्रतिवद्धता जनाएर जागिर खाएका कर्मचारीको ब्यवहार अपाच्य छ। उनीहरु आफनो जिम्मेवारी त पुरा गर्दैनन् नै त्यसको विषयमा सवाल उठाउँदा उल्टै धम्की दिने, गालिगलौज गर्ने, तथा दुब्र्यवहार गर्ने गरेको कसैबाट लुकेको छैन। कुनै पनि कार्यालयमा काम गराउन जाने जो सुकैले पनि कर्मचारीको ब्यवहार कस्तो हुन्छ ? भोगेकै छन् ।

सरकारी सेवा चुस्त रुपमा नागरिक समक्ष नपुग्नुमा सवैभन्दा वढि जिम्मेवार यिनै कर्मचारी हुन भन्ने नागरिकको वुझाई छ। पछिल्लो समय यो चर्चामा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड पनि जोडिएको छ। देशभरका किसानलाई रासायनिक मलको आपुर्ती गर्ने जिम्मा लिएको साल्ट ट्रेडिङले कुनै वर्ष पनि सहज रुपमा रासायनिक मल नागरिकलाई दिदैन।

साल्ट ट्रेडिङको गैर जिम्मेवारीका कारण किसानले पाएको सास्तीका विषयमा वर्णन गर्नु पर्ने आवश्यक्ता छैन। तर, यसका कर्मचारीले मलको आपुर्तिको ब्यवस्थाका विषयमा जानकारी लिन खोज्दा समेत नदिएपछि सर्वसाधारणमा आक्रोश वढ्न थालेको छ।

साल्ट ट्रेडिङका विभागिय प्रमुख ब्रजेशकुमार झाले सुचना संकलनका लागि सम्पर्क गर्ने संचारकर्मीलाई उल्टै दुब्र्यवहार गरेको समाचार सार्वजनिक भएपछि सर्वसाधारणले उनलाई पनि सिके राउतको भाटा आवश्यक भएको प्रतिक्रिया दिन थालेका छन् ।

देबराज कार्कीले ‘सिके राउतको भाटा नपुगेर होला’ भन्दै प्रतिक्रिया दिएका छन् भने हरी शर्माले ‘नेपालका सरकारी कर्मचारीहरू एकदमै गैह्र जिम्मेवार छन्। सार्वजनिक सेवामा लाग्नेले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। सही काम नगर्ने, ठीक तरिकाले नबोल्ने कर्मचारीलाई जागिरबाट निकाल्ने वा अन्य कडा सजाय नदिने गरेसम्म कर्मचारी सुध्रिने छैनन्।’ भन्दै कर्मचारीको गैरजिम्मेवारी प्रति आलोचना गरेका छन्।

तस्करसँग झाको साईनो
साल्ट ट्रेडिङ कर्पोरेसनका विभागिय प्रमुख रहेका झाको जन्म २०२१ साल साउन १८ गते महोत्तरीमा भएको हो। उनी  स्व.जयचन्द्र झा र माता प्रभादेवी झाका सन्तान हुन । उनी अहिले साल्ट ट्रेडिङ कर्पोरेसनका सवैभन्दा भ्रष्ट कर्मचारीका रुपमा चिनिने गरेको कर्मचारीहरु नै वताउँछन्।

अहिले उनको काठमाण्डौंको गौरीघाटमा आलिसान महल छ। साल्ट ट्रेडिङको जागिरबाट आएको पैसाले काठमाण्डौं महल जस्तो घर वनाउन असम्भव नै रहेको उनीहरु बताउँछन् । स्रोतका अनुसार झाका गतिविधि शंकास्पद छन् । उनको सम्पर्क तस्करहरुसँग रहेको श्रोतको दावी छ।

प्रशासक, प्रहरीका जिल्ला स्तरीय हाकिम तथा भन्सार कार्यालयका कर्मचारीहरुसँग सेटिङमा चीनबाट सामान आयात निर्यात गर्ने सिल्क कम्पनीका मालिक रमेश शेर्पासँग झाको अस्वभाविक सम्बन्ध रहेको जानकारहरु वताउँछन् । शेर्पामाथि सुन तस्करी गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ।

शेर्पाले साल्ट ट्रेडिङ कर्पोरेसनसँग मल आयात गर्ने ठेक्का लिएका छन् । उनले जम्मा ५० हजार मेट्रिक टन मल कर्पोरेसनलाई उपलब्ध गराउनु पर्नेमा हालसम्म १ हजार ५ सय मेट्रिक टन मात्र आपुर्ती गर्न सकेका छन् । उनले समयमा सम्झौता अनुसारको मल उपलब्ध गराउन सकेका छैनन्। जस्का कारण देशभर रासायनिक मलको अभाव छ । किसाहरु मलका लागि रुवावासी गरिरहेका छन् ।

तर, साल्ट ट्रेडिङ कर्पोरेसनले शेर्पालाई दबाव दिने वा कारवाही गर्ने भन्दा पनि संरक्षण गरिरहेको कर्मचारीहरु नै दावी गर्छन। शेर्पालाई जोगाउनेमा विभागिय प्रमुखको झाको भुमिका प्रमुख रहेको उनीहरुको दावी छ । किसानले समयमा मल नपाउनुमा कृषि मन्त्रालय र सरकार जिम्मेवार भएको बताउने गरेका छन् ।

यो पनि

साल्ट ट्रेडिङका कर्मचारी झाको फुर्तीः भन्छन्– दैनिक १० जना पत्रकार तह लगाउँछु

किसानले पाउनु पर्ने मलको बिषयमा बुझ्न खोज्दा यसरी झपारे साल्टका कर्मचारीले

सभामुखको नाम दुरुपयोग गर्दै यसरी हुन्छ तातोपानीमा सुन तस्करी

तातोपानी नाकामा मेयरको संलग्नतामा खुलेआम सुन तस्करी

मेयर र शेर्पालाई सुन तस्करीको आरोप, शेर्पा भन्छन– अरुले पनि भन्सारलाई प्रभाव पारे हुन्छ (भिडियोसहित)

ब्रजेशकुमार झा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड

विशेष