News राजनीति

कस्तो किताव लेख्दैछन् चर्चित नेता राजेन्द्र महतो ?

कस्तो किताव लेख्दैछन् चर्चित नेता राजेन्द्र महतो ?

नेपालको राजनीतिमा सधैं चर्चामा रहने नेता राजेन्द्र महतोले लेखेको पुस्तक प्रकाशनमा आउने भएको छ। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतो अहिले पुस्तक लेखनमा ब्यस्त छन् ।

आफ्नो ३ दशकको राजनीतिक घटनाक्रमलाई समेटेर उनले पुस्तक तयार गरेको वताईन्छ। पुस्तक लेखनको काम लगभग सकिएको र सम्पादनको काम भइरहेको एक नेताले वताए । 

पार्टीका युवा नेता सन्तोष मेहताका अनुसार उक्त पुस्तकमा २०४६ देखि हालसम्म उनले भोगेका, देखेका कुरालाई लिपिबद्ध गर्नुको साथै देशको पुनः संरचना र नयाँ नेपाल कसरी बनाउने भन्ने विश्लेषण समावेश गरिएको छ।

महतोले लेखेको पुस्तकको  नाम लगभग ‘संघर्षको तीन दशकः बनाउने नेपाल, सबै नेपालीका लागि’ राख्ने तयारी छ। अन्य कुनै नाम राख्ने विषयमा  पनि छलफल भईरहेको मेहताले वताए ।

राजेन्द्र महतो

विशेष