News राजनीति

जेठ मसान्त भित्र स्थानीय तह निर्वाचन गर्न सरकालाई गठबन्धनको सुधाव

जेठ मसान्त भित्र स्थानीय तह निर्वाचन गर्न सरकालाई गठबन्धनको सुधाव

सत्तारुढ ५ दलिय गठबन्धनले सरकारलाई जेठ मसान्त भित्र स्थानीय तह निर्वाचन गर्न सुधाव दिएको छ। गठबन्धनका नेताहरुको शनिबार साँझ बसेको बैठकले सरकारलाई यस्तो सुझाव दिएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले अब निर्वाचन आयोगसँगको परामर्शमा स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताए।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ संशोधन गर्नुपर्ने भए त्यसको प्रक्रियाअघि बढाउन पनि सरकारलाई सुझाव दिएको छ।

यसअघि बसेको सत्तारुढ गठबन्धनको बैठकले संविधान र स्थानीय तहको निर्वाचन बाझिएकोले संशोधन गर्नुपर्ने निष्कर्ष निकालेको थियो। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गर्न आग्रह गरेके थिईन।

त्यसअघि निर्वाचन आयोगले पनि स्थानीय तहको मिति तोक्न सरकारलाई आग्रह गरेको थियो। 
 

गठबन्धन

विशेष