News

गुर्जोले स्वास्थ्यमा ल्याउन सक्छ यस्तो गम्भिर समस्या

गुर्जोले स्वास्थ्यमा ल्याउन सक्छ यस्तो गम्भिर समस्या

कुनै बेला गाउँघरतिर बस्तुभाउलाई दिइने गुर्जो कोरोना संक्रमण सुरु भएपछि अमृत समान भयो। सहरमा बस्ने कतिले गाउँबाट मगाएर र कतिले किनेर पनि गुर्जोको सेवन गरे। 

गुर्जोको गुणकारी तत्वले शरीरका विकारहरू निकाल्न मद्दत गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचनशक्ति सबल बनाउने भन्दै अत्याधिक प्रयोग गरियो। त्यसमाथि भारतीय योगगुरु रामदेवले समेत गुर्जोको फाईदका विषयमा वताएपछि त्यसको खोजी गर्नेको संख्या झन थपियो।

जडिवुटीले शरीरलाई वेफाईदा गर्दैन यसका फाईदा मात्रै छन् भन्दै कोरोनाबाट वच्न गुर्जो प्रयोग गर्नेको संख्या पनि पनि अधिक देखियो। तर, गुर्जोको अधिक सेवनले पनि शरीरमा असर गर्ने रहेछ भन्ने खुल्न थालेको छ। त्यसको उदाहरण हुन्, नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन।

नेता पुनले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको बताएका छन् । माओवादी केन्द्रका महासचिवको बलिया दावेदारका रुपमा रहेका नेता पुनले एक टेलिभिजन कार्यक्रममा वोल्दै जडिबुटी सेवन नगर्नु भनेको अवस्थामा गुर्जो खाँदा थप जटिल बनेको बताए।

‘डाक्टरहरुले हर्बल तथा जडिबुटी नखानु भन्नुभएको थियो । तर पछिल्लो समय कोरोनाको पहिलो–दोस्रो लहरमा साथीभाइ सबैले गुर्जो दिए अनि टुक्रा राखेर ग्रीन टी जसरी खाइयो,’ उनले भनेका छन्, ‘५६ महिना त्यसरी खाएको त्यसले लिभरमा ‘टकसिक’को रुपमा असर गरेको पाइयो।’

नेता पुनलाई सन १९८९ तिर जन्डिस देखिएको थियो । त्यसबेलादेखि नै उनले जन्डिसको उपचार गराउँदै आएका थिए । वि.सं. २०५२ तिर वंषाणुगत जन्डिस भएको पत्तो लागेको थियो। समान्य उपचार गराउँदा निको हुँदै आएकामा योपटक भने उनी बढी नै सिकिस्त भएका थिए ।

पछि जण्डिस वढ्दै गएको र नेपाल भारतका साथै बैंककमा उपचार गर्दा राम्रो भएको जानकारी दिएका उनले पछिल्लो समयमा भने आफुलाई निकै साह्रो पारेको वताएका छन् । उनले २०७३ सालमा बैंककमा उपचार गराएको बेला हर्बल तथा जडिवुटी औषधि नखान चिकित्सकले सुझाव दिएका थिए ।
त्यो रोकेपछि आँफै जन्डिस कन्ट्रोल भएको उनले बताए । नेता पुन बैंककमा करिब २ महिना र चीनमा पनि २ महिना उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका छन् । उनमा वंषाणुगत जन्डिस भएको चिकित्सकहरुको निष्कर्ष छ ।
 

गुर्जो

विशेष