News

सिके राउतका कार्यकर्ता र प्रहरीको झडप हुँदा गोली चल्यो

सिके राउतका कार्यकर्ता र प्रहरीको झडप हुँदा गोली चल्यो

धनुषामा डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीको झडप भएको छ। झडपमा प्रहरीले गोली समेत चलाएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पोर्ताहा पुलमा प्रहरी र जनमत पार्टीका कार्यकर्ताबीच झडप भएको हो। धनुषाको गणेशमान चारनाथ नगरपालिका ८ पोर्ताहा पुलमा टायर बालेर बाटो अवरूद्ध गरेका कार्यकर्तालाई हटाउने क्रममा प्रहरीले गोली चलाएको हो।

झडपमा प्रहरीको गोली  लागेर नथु यादव, राम दयाल मण्डल, सञ्जय साह, विजय यादव र वैजनाथ साह घाइते भएका छन्। घाइतेमध्ये वैजनाथको टाउकामा गोली लागेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीतर्फ जवान विवेक कुमार साह र नारायण चौधरीको घाईते भएका छन्। उनीहरुको पनि उपचार भइरहेको छ।

आन्दोलनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि पैहरीले जवाफी फायर गरेको धुनषका डिएसपी जितेन्द्र वस्नेतले वताए । प्रहरीले ४ शेल रबर बुलेट र ११ शेल अश्रु ग्यास प्रहार गरेको जनाईएको छ। 

सिके राउत

विशेष