News विदेश

खुकुरीभन्दा कर्ध लाग्ने– देउवाभन्दा आरजु जान्ने, राजनीतिक भेटघाट सुरु

खुकुरीभन्दा कर्ध लाग्ने– देउवाभन्दा आरजु जान्ने, राजनीतिक भेटघाट सुरु

प्रधानमन्त्री शेरवहादुर देउवाले पुस २५ गते देखि २७ सम्म छिमेकी राष्ट्र भारतको भ्रमण गर्दैछन् । तर, देउवाको भारत भ्रमण अघि नै उनकी पत्नि डा. आरजु देउवा राणा दिल्ली पुगेकी छिन्।

उनले भारतमा राजनीतिक भेटघाट तिव्र वनाएकी छिन्। प्रधानमन्त्री देउवाको काममा हस्तक्षेप गर्ने गरेको आरोप लाग्दै आएकी आरजुले आइतबार भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग भेट गरेकी छिन्। 

चौथाइवालेले आरजुसँगको भेटवार्तापछि ट्विटमार्फत भनेका छन्, ‘व्यक्तिगत भ्रमणमा नयाँ दिल्ली भ्रमणमा रहेकी डा. आरजु देउवा राणासँग मेरो सौहाद्र्रपूर्ण भेटवार्ता भयो।’ 

भाइ भूषण राणाको स्वास्थ्य उपचार गर्न भन्दै आरजु पुस ११ गते नै नयाँ दिल्ली प्रस्थान गरेकी हुन। तर, प्रधानमन्त्रीको भ्रमण अगाडि नै उनले राजनीतिक भेटघाट सुरु गरेपछि आश्चर्य ब्यक्त गर्न थालिएको छ।

उनले सुरु गरेको राजनीतिक भेटघाटलाई अर्थपूर्ण रुपमा पनि हेरिएको छ। प्रधानमन्त्रीको भ्रमण अघि प्रायः परराष्ट्रमन्त्रीलाई सम्बन्धित मुलुकमा पूर्व तयारीका लागि पठाउने चलन छ। 

आरजु देउवा

विशेष