News

फेसवुकबाट कसरी हट्यो प्रेस चौतारीका अध्यक्ष बस्नेतको स्ट्याटस

फेसवुकबाट कसरी हट्यो प्रेस चौतारीका अध्यक्ष बस्नेतको स्ट्याटस

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत र महासचिव राजेश राईले यतिवेला सामाजिक सञ्जाल तताएका छन् । अप्रत्यासित सुरुपमा सुरु भएको दुई नेताको सित युद्ध अहिले समाजिक सञ्जालमा डढेलो झै सल्किरहेको छ।

नेकपा एमालेसँग नजिक रहेका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका यी दुई नेता विचको सित युद्धको शंखघोष अध्यक्ष वस्नेतले गरेका छन् । खासमा यो विवाद शनिवार बागवजार स्थित होटल हार्दिकमा आयोजित ‘स्थानीय तह निर्वाचनः संवैधानिक र कानुनी ब्यवस्था’ विषयको कार्यक्रमसँग जोडिएर सुरु भएको छ। अध्यक्ष वस्नेत र महासचिव राईको फेसवुक स्ट्याटस हेर्दा त्यसै विषयमा दुई नेता विच कुराकानी भएको हुनुपर्छ । 

त्यसपछि अध्यक्ष वस्नेतले सामाजिक सञ्जालमा एउटा स्ट्याटस लेखे। ‘राजेश राईको घोषणा’ भन्दै लेखिएको उक्त स्ट्याटसमा महासचिव राईले संगठन सिद्याउनकै लागि आफुलाई माधव नेपालले खटाएको भन्दै अभिब्यक्ति दिएको प्रष्ट्याउन खोजिएको छ। राईलाई उध्रित गर्दै लेखिएको छ–‘हेल्लो प्रेस चौतारकिो अध्यक्ष गणेश वस्नेत, तँ त एमाले र केपी ओलीको दलाल रहिछस, म महासचिव हुँ, म त प्रचण्ड, जुगल र योगेशको खास मान्छे हुँ, तँ त केपी ओली र एमालेको खास मान्छे रहिछस। अव मलाई केही नभन्नु, म प्रेस चौचारीको नाममा केही पनि गर्न दिन्न, म त माधव नेपालको खास मान्छे हुँ वुझिस। माधव कमरेडले तेरो संगठन सकाउन मलाई पठाएको हो।’

उनको यो स्ट्याटसपछि सामाजिक सञ्जालमा आश्चर्य भावमा पोष्टहरु सुरु भएका छन्। तर, अहिले उक्त स्ट्याटस हटाईएको छ। लगत्तै महासचिव राईले पनि आफनो फेसबुकमा एउटा स्ट्याटस लेखेर आफुले त्यस्तो नवोलेको र नभनेको प्रष्ट पारेका छन् । वरु अध्यक्ष वस्नेतले सार्वजनिक खपतका लागि यो विषय चर्चामा ल्याएको उनको दावी छ।

महासचिव राईको स्ट्याटस यस्तो छ
भर्खरै हाम्रो प्रिय तथा गौरवशाली संगठनका अध्यक्ष क.गणेश वस्नेतज्यूको स्टाटस पढेँ । म बढो अचम्भित भएको छु । अघि १० ः ४ मिनेट गएको बेला उहाँसँग ३ मिनेट संवाद भएको थियो । बिषय थियो, ‘भोलीको कार्यक्रम ।’ मैले उहाँलाई भनेको थिएँ, ‘भोली प्रेस चौतारी, नेपाल केन्द्रीय कमिटीले अन्तरसंवाद कार्यक्रमको आयोजना गरेको कुरा फेसबुकतिर हेरेँ । म पनि महासचिव हुँ । यसो थाहा दिएको भए हुने थियो नी अध्यक्षज्यू ।’ कार्यक्रम र बिषयप्रति मेरो आपत्ती हुँदै होइन । कार्यक्रम आयोजनाप्रति पनि होइन । ‘मात्रै थाहा दिएको भए अझैं प्रभावकारी बनाउन सकिन्थ्यो भन्ने मेरो भावना मात्रै हो । महासचिव हुँ । कार्यक्रम बारेमा पूर्वजानकारी भए कार्यक्रमको प्रभावकारितामा योगदान गर्न सक्छु भन्ने भावना न हो । तर उहाँले संवादमा हुदैँ नभएको काल्पनिक कुरो लेख्नु भएछ । कुनै बिषयमा संगठनका अध्यक्ष र महासचिवबीच संवाद हुनु वा तर्क विर्तक हुनु कुनै नयाँ कुरा होइन भन्ने लाग्छ । तर संवादमा हुदैँ नभएको काल्पनिक कुरा लेखेर प्रिय साथीहरुको ‘इमोसनल ब्लाकमेलिङ’ गर्नु राम्रो होइन । हो, म हिजोको अन्तरसंघर्षमा फरक कित्तामा उभिएको हुँ । तर त्यस यता पार्टी र संगठनमा धेरै बदलाब आइसकेको छ । तर उहाँलाई लाग्यो होला, ‘यो बिषयमा ट्याग हाल्दा मलाई सजिलो हुन्छ ।’
यो संगठन हाम्रा धेरै अग्रजहरुको कष्टसाध्य त्याग र तपाई हाम्रो निरन्तरको संघर्ष बलमा यो उचाईमा आइपुगेको हो । यो गौरवमय इतिहासलाई निरन्तरता दिनु आजको हाम्रो चुनौती हो । तर हामी जस्तो नेतृत्वमा रहेकाहरुले नै यसप्रकारको ‘अल्लारे’ प्रवृत्ति देखाउनु राम्रो होइन भन्ने लाग्छ । अध्यक्षज्यूको पनि त्यो नियत नहुन सक्छ । राती अबेर स्टाटस लेख्नु भएको छ । निद्रा वा अरु कुनै कारण पनि हुनसक्छ । अहिले नै उहाँको नियतमाथि प्रश्न गर्दिनँ । धेरै साथीहरुको असाध्यै बढी टेलीफोन आएको कारण मात्रै लेख्न बाध्य भएको हुँ । नत्र संगठनको यसप्रकारको बिषयमा सार्वजनिक रुपमा लेख्ने मेरो रहर थिएन । यो मेरो बाध्यता बुझीदिनुहोला । अध्यक्षज्यूले सार्वजनिक खपतको निम्ती गर्नुभएको काल्पनिक ‘इमोसनल ब्लाकमेलिङ’ले संगठनलाई माया गर्ने धेरै कर्मठ साथीहरुको भावनामा परेको चोटप्रति म माफी माग्दछु । संगठनको बिषयमा सार्वजनिक रुपमा लेख्नु पर्दाको पीडा र बाध्यता म यहाँ व्यक्त गर्न सक्दिन । धन्यवाद !!

प्रेस चौतारी नेपाल

विशेष