News

कोरोनाबाट ४ दिनमा ३२ जनाको मृत्यु

कोरोनाबाट ४ दिनमा ३२ जनाको मृत्यु

कोरोना भाइरस संक्रमणबाट ४ दिनमा ३२ जनाको मृत्यु भएको छ । माघ १३ देखि १६ गतेसम्ममा संक्रमणबाट ३२ जनाको मृत्यु भएको हो।

१२ जना श्री वीरेन्द्र अस्पतालमा र अन्य विभिन्न अस्पतालमा २० जनाको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा. संगीता मिश्राले पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १४५ परीक्षण हुँदा ३ हजार ५४० जना संक्रमित थपिएको जनाइन् ।

२४ घण्टामा निको हुनेको संख्या भने ६ हजार ३५९ छ । देशभर सक्रिय संक्रमितको संख्या ८३ हजार ९९९ छ । 
 

विशेष