News Breaking News मुख्य समाचार समाज देश

चीनको चक्रपथ बिस्तार योजनाप्रति बौद्धमार्गीको आपति

चीनको चक्रपथ बिस्तार योजनाप्रति बौद्धमार्गीको आपति

काठमाडौं । सडक विस्तारका नाममा विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भुका सम्पदाहरु भत्काउन लागिएकाेमा बाैद्ध धर्मावलम्बीहरुले आपत्ति जनाएका छन् ।

पछिल्लाे समय स्वयम्भुका सम्पदाहरु भत्काउन लागेको भन्दै बौद्धमार्गीहरु आन्दोलित नै भएका छन् ।

चक्रपथ परियोजनाअनुसार कलङ्कीदेखि कोटेश्वरसम्म जोड्ने चक्रपथ निर्माण सम्पन्न भएको छ । चिनियाँ कम्पनीहरुले उक्त चक्रपथ निर्माण गरेका हुन् ।

कलङ्कीदेखि महाराजगाङतर्फको सीतापली चोक, स्वयम्भूनाथ, बालाजु र चाबैल (बौद्ध साइड) जोड्ने चक्रपथ निर्माण/स्टे अर्डर भइरहेको छ । 

स्वयम्भूनाथ वरपरका बुद्ध सम्पदा स्थल र वनको ठूलो हिस्सा चक्रपथ परियोजनाको स्वीकृतिको दायरामा आउँछ।

बौद्धमार्गीहरुका अनुसार चीनको चक्रपथ निर्माण परियोजनाको उद्देश्य काठमाडौंमा रहेका संयुक्त राष्ट्रका बौद्ध सम्पदाहरू नष्ट गर्ने हो। उनीहरुले काठमाडौंका अन्य धर्मस्थललाई पनि विस्तारले किन समेट्न सकेन भन्ने प्रश्न पनि उठाए ।

चक्रपथ विस्तारको नाममा नेकपा एमाले र प्रचण्ड नेतृत्वको पूर्व सरकारले बौद्धस्थललाई निशाना बनाएको बौद्धमार्गीहरुले आरोप लगाए ।

विशेष