ओलीको सल्लाह मान्दा उनकै क्याबिनेटका मन्त्री झन्नै चैट !
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उखान टुक्का र उट्पट्याङ गफ गर्न सिपालु छन् । यिनै उट्पट्याङ गफका कारण वेलाबखत उनी विवादमा पनि पर्छन। कोरोना भाईरस विश्वभरी महामारीको रूपमा फैलिएका बेला उनका कतिपय अभिव्यक्तिको व्यापक टीकाटिप्पणी भयो।
०७७ चैत २९ गते प्रधानमन्त्री ओलीले सातवटै प्रदेशका मुख्यमन्त्रीसँग भिडिओमार्फत् छलफल गर्ने क्रममा ‘तातो पानीले हात धुँदा कोरोनाभाइरसको बाहिरी तह पग्लिएर भाइरस समाप्त हुने’ दावी गरे। ‘जहाँ भाइरस छ भने पनि तातो पानीले हात धुनेबित्तिकै त्यो भाइरसको, त्यसको बाहिरी लेयरको बोसो पग्लिएपछि त्यो त निर्जीव हो, समाप्त हुन्छ त्यहीँ।’ भन्दै टिप्पणी गरे।
ओलीले त्यसपछि पनि कोरोनाका वारेमा अनेक टिप्पणी गरे । अम्बाको पात र गुर्जो सेवन गर्दा पनि कोरोना भाईरस मर्छ भन्दै उनले सुनाए । ओलीको यही सल्लाह मान्दा उनकै उनकै क्याबिनेटका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बर्षमान पुन भने झन्नै चिप्लिए ।
ओलीकै सल्लाह अनुसार ओली क्याविनेटका मन्त्री वर्षमान पुनले गुर्जो सेवन गरे। गुर्जोलाई विहान वेलुका चिया झै सेवन गरेकै कारण उनी झण्डै–झण्डै फुत्किए। तर, २ महिना थाईल्याण्ड र २ महिना चीनमा उपचारपछि उनी अहिले ठिक भएर फर्केका छन् । उनी स्वयमले आफूलाई गुर्जो सेवनका कारण स्वास्थ्यमा जटिलता आएको बताएका छन् ।
एउटा टिभी कार्यक्रममा बोल्दै जडिबुटी सेवन नगर्नु भनेको अवस्थामा गुर्जो खाँदा थप जटिल बनेको उनले बताएका हुन् ।
नेता पुनलाई सन १९८९ तिर जन्डिस देखिएको थियो । वि.सं. २०५२ तिर जाँच गर्दा वंषाणुगत जन्डिस भएको पत्तो लागेको थियो। त्यसपछि सामान्य उपचार गराउँदा निको हुँदै आएका थिए ।
०५९ त्यसपछि ०७३ सालमा नेपाल भारतका साथै बैंककमा उपचार गर्दा राम्रो भएको थियो । उनले २०७३ सालमा बैंककमा उपचार गराएको बेला हर्बल तथा जडिवुटी औषधि खाएको बताएका थिए, तर त्यो नखान भनी चिकित्सकले सुझाव दिएको उनको भनाइ छ । त्यो रोकेपछि आँफै जन्डिस कन्ट्रोल भएको थियो।
तर पछिल्लो पटक उनी गम्भिर विरामी भए । नेता पुन बैंककमा करिब २ महिना र चीनमा पनि २ महिना उपचार गराएर केही दिनअघि मात्र स्वदेश फर्किएका छन् ।
यो पनि
गुर्जोले स्वास्थ्यमा ल्याउन सक्छ यस्तो गम्भिर समस्या