News स्वास्थ्य

यसरी चिप्लिए वरिष्ठ पत्रकार किशोर नेपाल

यसरी चिप्लिए वरिष्ठ पत्रकार किशोर नेपाल

भनिन्छ, हाड नभएको जिब्रो लट्पटिन्छ। बोल्दाबोल्दै कुरा बिग्रियो भने यस्तो भन्ने चलन छ। वर्षौदेखि जिब्रोमाथि लगाइँदै आएको यो दोष सही हो वा होईन, तर अभिब्यक्ति दिने क्रममा कहिलेकाही जान्ने मान्छे पनि चिप्लिन्छ।

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्ने क्रममा वरिष्ठ पत्रकार एवम् नेपाल पत्रकार महासंघको पूर्वसभापति किशोर नेपाल पनि चिप्लिएका छन् । उनले केपी ओलीले घरायसी जडिबुटी प्रयोगले कोरोना भाग्छ भन्दै दिएको अभिब्यक्तिको आलोचना गर्न पूर्वमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनको उदाहरण दिदै ट्वीट गरेका छन् ।

उनको ट्वीटमा ओलीको भनाई अनुसार नै पुनले गुर्जो वढि सेवन गर्दा गम्भिर विरामी परेको विषय उठाउन खोजेपनि कोरोना लागेर उपचारका लागि चीन गएको प्रसंग उठाएपछि आलोचनाको शिकार भएका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘चीनबाट कोरोनाको उपचार गराएर फर्केका माओवादी नेता बर्षमान पुन ‘अनन्त’ जस्ता सचेत ब्यक्ति गुर्जाेको झोल पिएर ढलेका रहेछन । सोचौं त, तत्कालीन प्रम खड्गप्रसाद शर्मा ओलीको आदेशमा कोरोना भगाउन गुर्जाेको झोल पिउने हजारौं निमुखा नेपालीको हविगत के भयो होला ?’

तर, बास्तवमा पुन कोरोनाको उपचारका लागि चीन गएका होईनन्। वंशाणुगत जण्डिसले थला परेपछि उनी उपचारका लागि वैंकक गएका थिए । २ महिनाको लामो उपचार गराउँदा पनि विशेक नभएपछि उनलाई चीन लगिएको थियो। त्यहाँ पनि झण्डै दुई महिनाको उपचारपछि उनी अहिले स्वदेश फर्किएका छन् ।

यही कोरोना र जण्डिसको भेउ खुट्याउन नसक्दा र गर्जोलाई जडिवुटी भन्दा पनि विष सरह प्रस्तुत गर्दै ओलीले पुनलाई कोर्रा लगाएर आदेश पालना गराएझै गरी अभिब्यक्ति दिदा अहिले वरिष्ठ पत्रकार नेपाल पनि ओलोचनाको शिकार भएका हुन । सुधान्सु केसी नाममा ट्वीटर प्रयोगकर्ताले उनको आलोचना गर्दै पत्रिका पढ्ने सुझाव दिएका छन् । उनले लेखेका छन्–‘सचेत पत्रकारको ट्विट पनि त्यस्तै ! कोरोनाको उपचार गर्न चिन रे ! यसो पत्र पत्रिका पढ्ने गरे हुन्थ्यो नि ।’

यसैगरी, सम्झना पुडासैनी नामका ट्वीटर प्रयोगकर्ताले भने ‘गुर्जो वास्तवमा राम्रो आयुर्वेदिक औषधि हो । ओलीलाई किन जोड्नु पर्यो । बरू गुर्जो खाँदा हुने फाईदाको बारेमा अध्ययन गरे हुने। यस्ता हावा टुईट गरेर आफ्नै बेईजत किन गरेको होला’ भन्दै लेखेका छन् भने युवराज खड्का नामका ट्वीटर प्रयोगकर्ताले ‘ओइ ..गल झुसे ..दर बुढो ः गुर्जो सेवन गर्न केपीले भनेका हैनन भारत लगायत धेरै देशका नामुद व्याक्तीहरुले भनेका थिए । बर्षमान पुन गुर्जोले थलिएको थिएन १७ हजारको हत्या गरेको पाप को कारण थलिएको थ्यो।’ भन्दै जवाफ दिएका छन्।

किशोर नेपाल

विशेष