News मनोरञ्जन

किन सधैं विवादित गीत वनाउँछन् दुर्गेश थापा ?

किन सधैं विवादित गीत वनाउँछन् दुर्गेश थापा ?

गायक दुर्गेश थापाको नयाँ गीत पनि विवादमा परेको छ। शुक्रबार युट्युबमार्फत सार्वजनिक गरिएको ‘पैसा’ बोलको गीत विवादमा परेको हो ।

यो गीतमा छाडा शब्द प्रयोग गरिएका छन् भने महिलाहरुलाई पैसासँग तुलना गरिएको छ। यति मात्र होईन, पैसा भए जे पनि गर्न सकिन्छ भन्दै देशको राज्य ब्यवस्था पैसामा किन्न सकिने गीतको भाव छ। पैसाकै कारण देश वर्वाद भएको पनि गीतमा उल्लेख छ।

विशेषगरी नारीलाई पैसासँग तुलना गरिएको भन्दै उनको गीतलाई प्रतिवन्ध लगाउन महिला नेता तथा अभियन्ताले माग गरेका छन्। 

अखिल क्रान्तिकारीकी केन्द्रीय सदस्य साया किरणले ‘नारीलाई पैसासँग तुलना गर्ने यो को हो? अझै आफूलाई आफैंले नारीवादी घोषणा गर्नेहरू त्यहीँ रमाउँदै छन्, छिछिछि!! कलाकार भनेको के थाहा यो अभद्र, अश्लील मान्छेलाई? यस्ता कलाकार भनाउँदालाई अझै वाह वाह गर्नेहरू कुन दर्जाका मान्छे हुन? यसलाई जहाँ भेटिन्छ, त्यहीँ दनक दिनुपर्छ। परेको बेहोर्न तयार!’ भन्दै लेखेकी छिन् ।

खासमा दुर्गेश थापा जहिले पनि विवादमा पर्ने हिसावले नै गीत बनाउँछन् । गीत विवादित भयो भने चर्चा हुन्छ, चर्चा भए हिट हुन्छ। हिट भए पैसा कमाउने उनको मान्यता पहिले देखिनै छ। उनका हरेक गीत विवाददित छन् । यही मान्यता अनुसार नै नयाँ गीत ‘पैसा’ पनि आएको हो।

यसअघि थापाको तीज गीत ‘ख्यास्स पुतली’, ‘डन आयो डन’ लगायतका गीत पनि विवादित भएका थिए । थापाले पैसा र चर्चाका लागि कलाकारिताको नैतिकता र इमान्दारिता सिद्याएको आरोप लाग्ने गरेको छ।

दुर्गेश थापा

विशेष