News राजनीति

एमसीसी प्रकरणमा प्रचण्डले छोडे देउवाको साथ, एमालेसँग छलफल

एमसीसी प्रकरणमा प्रचण्डले छोडे देउवाको साथ, एमालेसँग छलफल

प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अघि बढाउन सकृयता देखाईरहेका छन् । एमसीसीलाई अघि बढाउने सन्र्दभमा सत्तारुढ दलभित्रै सहमति नवन्ने अवस्था आएसँगै देउवाले जसरी पनि एमसीसीलाई संसदबाट पारित गर्ने तयारी गरेका हुन ।

प्रधानमन्त्री निवास बालुवाटारमा आईतवार बसेको सत्तारुढ दलको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी संसदमा टेवल गर्ने र बहुमतबाट पारित गर्ने प्रस्ताव राखेपछि यस्को चर्चा अझै ब्यापक भएको छ। 

सत्तारुढ दलको बीचमा एमसीसीलाई अघि बढाउने विषयमा सहमति नभएपछि प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दल एमालेसंग समेत संवाद अघि बढाएका छन् । प्रधानमन्त्री निकट स्रोतकाअनुसार यसबारेमा संचारमन्त्री कार्की र एमाले महासचिव शंकर पोखरेलबीच नियमित संवाद भइरहेको छ ।

यसैविच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीका विषयमा प्रधानमन्त्री समक्ष पुरानै अडान दोहो¥याएका छन् । सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भेटेका थिए ।

प्रचण्डले एमसीसीलाई परिमार्जन र संशोधन नगरी संसदमा लैजान नहुने भनाइ राखेको र माधव नेपालले पनि उनकै कुरामा समर्थन जनाएका थिए । ‘सम्झौताका कतिपय प्रावधानहरू नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र हित प्रतिकूल असर पर्ने देखिएकाले यथास्थितिमा उक्त सम्झौता पारित नगरियोस’ भन्ने प्रस्ताव माओवादीले महाधिवेशनबाट पारित गरेकाले पनि प्रचण्ड समस्यामा परेका छन् ।

यसैगरी, माओवादीमा एमसीसी पारित नै गर्न नहुने मत बलियो छ । गठबन्धन छोड्नु परे पनि एमसीसी अनुमोदन गर्न नहुने माओवादी नेताहरु बताइरहेका छन् । पछिल्लो परिस्थिती हेर्दा एमसीसीकै कारण सत्ता गठवन्धन टुट्ने खतरा समेत देखिएको छ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस अघि नै गठवन्धन तोडेर आए एमसीसी पारित गर्न कांग्रेसलाई सघाउने प्रतिक्रिया दिईसकेका छन् । एमालेमाथि एमसीसीलाई गठबन्धन टुटाउने अस्त्रका रूपमा प्रयोग गरिरहेको आरोप समेत लागिरहेको छ।

यो कुरा एमाले स्थायी कमिटी सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा. राजन भट्टराई पनि अस्विकार गर्दैनन् । उनी भन्छन्–‘कति कमजोर रहेछ त यो गठबन्धन । हामीले एउटा विषय उठाइदिँदा टुट्ने । भने पछि निर्णायक त हामी नै रहेछौं । यति कमजोर गठबन्धन राखेर किन बस्नु भएको छ उहाँहरु ? यो गठबन्धन कुन उदेश्य र कामका लागि हो भन्ने कुरा उहाँले प्रष्ट्याउनुप¥यो ।’

भट्टराईले एमसीसी पास गर्ने वा नगर्ने भूमिकामा एमाले नरहेकोले यसबारे तत्काल निर्णय नगरेको वताएका छने । ‘हामीले जे धारणा बनाए पनि, हामीले ‘नो’भने पनि, ‘एस’ भने पनि हामी त्यो भूमिकामा छैनौं,’उनले भने, ‘हाम्रा आफ्ना एजेन्डा संसदमा उठाइरहेका छौं । त्यसको सुनुवाइ भइरहेको छैन ।’

सत्ता गठबन्धनमै एमसीसीबारे परस्पर धारणा आइरहेकाले एमालेले धारणा बनाउन आवश्यक नठानेको भट्टराईको भनाइ छ । 

एमसिसी गठवन्धन

विशेष