News विदेश Breaking News

जोखिममा पाकिस्तानी ब्ल्गर

जोखिममा पाकिस्तानी ब्ल्गर

काठमाडौ । बेलायतको एक अदालतले नेदरल्याण्डमा बस्ने ब्लगर अहमद वकास गोरायाको हत्या गर्ने योजना बनाएको आरोपमा बेलायती खानलाई दोषी ठहर गरेको छ । गौहर खानलाई मार्चको दोस्रो साता सजाय सुनाइने समेत बताइएको छ । फेब्रुअरी १६, १९९० मा जन्मेका खानमाथि गत वर्ष जुनमा गोरयाको हत्याको षड्यन्त्र गरेको आरोप छ । पाकिस्तानमा पाँच ब्लगरको अपहरणपछि ब्लगर गोरयाले देश छाड्ने निर्णय गरेका थिए ।

पाकिस्तानी प्रकाशनका अनुसार खानले गोरयाको हत्या गर्ने षड्यन्त्र रचेको कुरा सुनुवाइका क्रममा प्रमाणित भएको थियो। सुनुवाइको क्रममा खानले यसका लागि ठूलो रकम पनि दिएको खुलेको छ थिए । सन् २०२१ मा पाकिस्तानी बिचौलिया मुजामिलले कसरी गौहर खानलाई सम्पर्क गरे र यस कामको लागि पैसा आदानप्रदान कसरी गरियो भन्ने पनि बेलायती जूरीलाई बताइएको थियो। तर, मुजामिल कसका लागि काम गर्छ भन्ने खुलाइएको छैन ।

गौहर खान बेलायतमा जन्मिएकी थिइन्। १३ वर्षको उमेरमा, उनी स्कुलिङको लागि लाहोर सरिन् र शरीफ शिक्षा कम्प्लेक्समा बोर्डिङ विद्यार्थीको रूपमा बसिन्। यसपछि खान सन् २००७ मा लण्डन फर्के ।

विशेष