News अपराध सुरक्षा स्वास्थ्य

नोबेलमा सुनिल शर्माले दिएको शिक्षा बिद्यार्थीले उनिमाथि नै प्रयोग गरे !

नोबेलमा सुनिल शर्माले दिएको शिक्षा बिद्यार्थीले उनिमाथि नै प्रयोग गरे !

मोरङको विराटनगर–५, कञ्चनवारी स्थित नोबेल मेडिकल मेडिकल कलेजको एमबिबिएस पहिलो वर्षमा भर्ना भइसकेका ८० जना हाराहारी विद्यार्थीहरु ब्यवस्थापनको मनपरी विरुद्ध लामो समयदेखी आन्दोलनमा छन् ।

कलेजले ऐन–कानुन र मेडिकल काउन्सिलले तोकेको भन्दा झण्डै ५ लाख रुपैयाँ वढि शुल्क लिन खोजेपछि उनीहरु आन्दोलित भएका हुन । तर, ब्यवस्थापनले कुरै सुन्न तयार नभएपछि उनीहरु  अहिले आक्रमण हुन थालेका छन् । 

कलेजका सञ्चालक सुनिल शर्माले सिकाएकै बाटोमा अहिले विद्यार्थीहरु लागेका छन् । ब्यवस्थापनलाई मनाउने नाममा अहिले उनीहरुले दुई पटक कलेजमा तोडफोड पनि गरे। जानकारहरुका अनुसार सुनिल शर्माले नोबेल मेडिकल कलेज गुण्डागर्दी शैलीमै हत्याएका थिए । वाईसिएलका कार्यकर्ता लगाएर कलेजका सञ्चालकहरुलाई अपहरण गरी कलेज हत्याएको उनीमाथि आरोप लाग्ने गरेको छ।

२०५९ सालमा स्थापना गर्दा डा. ज्ञानेन्द्र गिरी अध्यक्ष रहेको नोबेल मेडिकल कलेजमा २८ करोड लगानी थियो। नोबेललाई सम्बन्धन दिलाउने सर्तमा सुनिल त्यसमा १६ प्रतिशत सेयर लिएर छिरेका हुन। डा. कोइरालामार्फत २०६४ सालमा उनले सम्बन्धन दिलाएको समयमै माओवादी नेता वर्षमान पुन र हरिवोल गजुरेलमार्फत शर्माले गिरीसहित नवराज पाण्डे, आदित्य खनाल, उमेश पाण्डे लगायतलाई अपहरण गरी काभ्रेको कामीडाँडा पुर्याएर मरणासन्न हुनेगरी पिटाए। 

माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको उपस्थितिमा वर्षमान पुन, सुनील र नोवेलका अन्य साझेदार राखेर दाहाल निवासमा छलफलका लागि विराटनगरबाट उनीहरुलाई काठमाडौं वोलाईयो । तर, एयरपोर्ट छेउबाट २०६४ मंसिर १८ गते डा.गिरी, पाण्डे, आदित्य खनाल, उमेश पाण्डेलाई शर्माले वाइसिएलका तत्कालीन इन्चार्ज चन्द्रबहादुर थापा (सागर) को निर्देशनमा अपहरण गराएका थिए ।

यो घटनापछि सबै सञ्चालक नोबेलबाट अलग भए। त्यसपछि उनले साझेदारका रुपमा विराट अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमानसिंह कार्कीलाई भित्र्याएर ५० प्रतिशत सेयर दिए । डा. कार्कीसँग उनको साझेदारी लामो समय टिकेन । त्यसपछि नोवेलमा शर्मा एकलौटी लुट मच्चाई रहेका छन् ।

सुनिल शर्मा सामान्य पारिबारिक पृष्ठभुमि भएका मान्छे हुन। शर्माको पुख्र्यौली घर मोरङ्गको लेटाङ हो। लेटाङमा माध्यमिक तह पढ्दा राजेन्द्र न्यौपाने नाम गरेका उनी त्यहाँ एसएलसी फेल गरेपछि कालीकोट जिल्ला गए। उताबाट फेरि ९ कक्षादेखि अध्ययन गरेर एसएलसी प्रथम श्रेणीमा पास भएर फर्किदा उनी सुनिल शर्मा भएका थिए ।

नेपाल प्रहरीका अनुसार शर्माको आइएस्सी प्रमाण–पत्रमा पनि कैफियत छ। ०७३ सालमा प्रहरीले नक्कली प्रमाणपत्रधारी डाक्टर पक्राउ गर्ने अभियान चलाउँदा शर्मा फरार भएका थिए । त्यस वखत केन्द्रीय अनुसन्धान ब्युरोले ‘अपरेसन क्वाक’ चलाएर धेरै नक्कली डाक्टरलाई पक्राउ गरेको थियो । वीरगञ्ज, जनकपुर, विराटनगरबाट डाक्टरहरू पक्राउ गर्दा शर्मा वेपत्ता भएका थिए । त्यतिबेला ब्युरोमा कार्यरत एक प्रहरी अधिकृतका अनुसार उनलाई खोजी गर्दा समेत फेला परेका थिएनन्।

नोबेल सञ्चालक हुनुपूर्व शर्मा चीनका विश्वविद्यालयमा नेपाली विद्यार्थी ओसार्ने दलाल हुन । विद्यार्थी ओसार्दैगर्दा उनले नक्कली आइएस्सी प्रमाणपत्रकै आधारमा त्यतैबाट एमबिबिएस प्रमाणपत्र लिएको प्रहरीको दावी छ। उनका निकटवर्तीहरु पनि शर्माको एमबिबिएस शैक्षिक प्रमाण पत्रमा आशंका गर्छन । राज्यका निकायहरूले पनि उनको योग्यताको प्रमाण पत्रमा शंका गरिरहेका वेला उनी फरार हुनुले पनि त्यो कुराको पुष्टि गर्ने श्रोतको दावी छ ।

त्यसो त ०७० सालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि उनको नक्कली प्रमाण पत्रका विषयमा छानविन गरेको थियो । आयोगले उनलाई सो विषयमा बयान नै लिएको थियो। तर, शर्मा केही दिनमै अख्तियारवाट छुटेका थिए । ब्युरोको खोजीका क्रममा भने उनले तीन महिला देश नै छोडेको श्रोत वताउँछ ।

स्रोतका अनुसार शर्माको एसएलसी प्रमाण पत्रमै पनि शंका ब्यक्त गर्नु पर्ने आधार छन। उनले माद्यमीक शिक्षा मोरङ्गको लेटाङमा लिएका हुन । त्यहाँ एसएलसी फेल गरेपछि उनी कालीकोट पुगेर विद्यालय भर्ना भएका थिए । शर्मा त्यहिवाट एसएलसी प्रथम श्रेणीमा पास गरेको प्रमाण पत्र वोकेर फर्केका थिए । पढ्नमा खासै रुचि नभएका कारण शर्मा ठाउँ परिवर्तन गर्नासाथ प्रथम श्रेणीमा उत्तीर्ण भएको विषयमा उनीमाथि आशंका गर्ने गरिएको छ ।

शर्माले स्वास्थ्य शिक्षाका नाममा पुर्वका सर्वसाधारण लुटिरहेको श्रोतको दावी छ। कोरोनाको समयमा नोवेलले उपचारका नाममा सर्वसाधारणसँग अनावश्यक रकम असुल गरेको बताईन्छ। माहामारीको मौका र सर्वसाधारणको विश्वासको फाईदा उठाउँदै नोवेलले जथाभावी पैसा उठाउने र गलत उपचार गर्ने गरेको थियो ।

विरामी अस्पतालमा भर्ना हुनासाथ हाइफ्लो अक्सिजनमा राख्ने, कोरोना पुष्टि भईसकेपछि पनि अनावश्यक रुपमा विभिन्न प्रकारका महङ्गा टेस्टहरु गराउने, कडा खालको एण्डिवाईटिक चलाउने तर स्वास्थ्यकर्मीले विरामीको हेरचाह नगर्ने, रुम र शौचालय सफा नगर्ने, उपचारका लागि स्वास्थ्यकर्मीलाई पिपिईसमेत किनेर दिनु पर्ने अवस्था थियो। 

बिरामीलाई गलत उपचार गरेर सिरियस बनाएको र सामान्य अबस्थाको बिरामिलाई पनि गम्भिर अवस्था देखाएर मनोबैज्ञानिक रुपमा आफन्तलाई टर्चर दिने गरेको थियो। विरामीसँग दशौं लाख लुटिसकेपछि अन्यत्र रेफर गर्ने तर उपचारका क्रममा प्रयोग गरिएको औषधीको रकेर्ड समेत नदिई पठाउने गरिएको विरामी र आन्तले नै आरोप लगाउने गरेका छन् । 

यो पनि

नोबेल कलेजका सञ्चालक सुनिल शर्मालाई मन्त्रालयमै कालोमोसो

सुनिल शर्मा विद्यार्थी चाईना पठाउने कन्सल्टेन्सीका एजेण्ट हुन

वर्षमै दुईटा मेडिकल कलेज खरिद गर्ने सुनिल शर्माको यस्तो धन्दा !

राज्यमन्त्रीकै सेटिङमा चिकित्सक विहिन नोवेललाई मिर्गौला प्रत्यारोपणकाको लाईसेन्स

चिकित्सक नभएको नोवेललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स दिलाउने ज्ञवालीलाई हटाईयो

डाक्टरनै नभएको नोवेल अस्पताललाई मिर्गौला प्रत्यारोपणको लाइसेन्स !

मेडिकल माफिया सुनिल शर्माको सर्टिफिकेट नक्कली

लेटाङका ९ कक्षा फेल राजेन्द्र न्यौपाने यसरी भए ‘मेडिकल माफिया सुनिल शर्मा’

‘मेडिकल माफिया’ सुनिल शर्माले धरानको बिपी प्रतिष्ठान डुबाए

सुनिल शर्माको बिराटनगर स्थित नोबेल ज्यानमारा अस्पताल !

सुनिल शर्मा नोबेल मेडिकल मेडिकल

विशेष