News राजनीति

प्रचण्ड दाहिना नहुँदा जनयुद्धकी चर्चित नेत्रृ केन्द्रमा परिनन् ! 

प्रचण्ड दाहिना नहुँदा जनयुद्धकी चर्चित नेत्रृ केन्द्रमा परिनन् ! 

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनको वन्दसत्रमा आईतवार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केन्द्रीय सदस्यहरुको नाम प्रस्ताव गर्ने वित्तिकै नेकपा एमालेका नेता गोकुल वास्कोटाले ट्वीट गर्दै माओवादी केन्द्र पारिवारीक पार्टी भएको टिप्पणी गरे ।

उनले लेखे– ‘दाई +भाई+बा + छोरी+ससुरा+बुहारी + मनोनीत हुन बाँकी ज्वाई = परिवार पार्टी पनि देखियो नेपालमा!’ उनको आसय प्रचण्डले पार्टीका होनहार नेतालाई भन्दा परिवारका सदस्यलाई पार्टीमा पहिलो प्राथमिक्ता दिएको भन्ने प्रष्ट छ।

भयो पनि त्यस्तै, प्रचण्डले आफना भाई, छोरी लगायत सवैलाई केन्द्रीय कमिटीमा समेट्दा जनयुद्धमा भाग्यले वाँचेकाहरुलाई वेवास्ता गरियो। केन्द्रीय सदस्यहरुको लिष्ट हेर्दा प्रचण्डले क्रान्तिकारी र पार्टीका लागि मरिमेट्नेलाई विर्सिसकेको प्रतित हुन्छ। माओवादी पार्टीकै नेता कार्यकर्ताको भाषामा भन्दा– पार्टीनै दलालहरुको चङ्गुलमा फसेको आभास भएको छ। लामो समयदेखी माओवादीमा रहेका वलराम यादव भन्छन–‘केन्द्रीय समितीमा योग्य ब्यक्तिलाई पाखा लगाउनु दुखद मात्र नभई पार्टी नै दलालहरुको चङ्गुलमा फस्यो भन्ने प्रमाण हो।’ 

माओवादी जनयुद्धताका चर्चित नेताहरु कञ्चन खनाल, उमेशकुमार यादवलगायत कयौं ब्यक्ति प्रचण्डको नजरमा नपरेको उनले वताए । भूमीगत जीवनमा आफनो ज्यानको समेत वास्ता नगरेका यस्ता नेतालाई पाखा लगाएर प्रचण्डले आफनो परिवार, नाता, छिमेकी र चाकरी गर्नेहरुलाई प्राथमिक्तामा राखेको पार्टीका नेता कार्यकर्ताहरु वताउँछन् ।

महिलाहरु चुल्हो चौकामा सीमित भईरहेका वेला महिला छापामार बनेर मृत्यु वा मुक्तिको नारासहित युद्धमा होमीने मध्ये एक थिईन –कञ्चन खनाल ।

भूमीगत जीवन र जेलनेल भोगेकी कञ्चन जनयुद्धकालीन विद्यार्थी संगठनमा सबैभन्दा शीर्ष तहमा पुग्ने एकमात्र नेतृ हुन् । संघर्षको भट्टीमा होमिएकी कञ्चनले युद्धमा भौतिक संघर्षमात्र गरिनन्, जीबनसाथी गुमाउदाको पीडा पनि खेपिन् । युद्धकालमा संघर्षको प्रतिकका रुपमा स्थापित कञ्चन शान्ति प्रक्रियामा आएसँगै ओझेल परिन् । 

पार्टीमा उनको योगदान उच्च छ, तर मुल्यांकन गर्ने वेलामा उनलाई पाखा लगाईएको छ। अनेरास्ववियु क्रान्तिकारीको केन्द्रीय उपाध्यक्ष हुँदा निर्बतबान अध्यक्ष रंजित तामाङलाई कञ्चनले नै जिल्ला कमिटीको अध्यक्ष बनाएकी हुन। प्रचण्डकी बुहारी बीना मगर कञ्चन उपाध्यक्ष हुँदा उनीभन्दा कनिष्ठ सदस्य थिइन । रमेश मल्ल कोषाध्यक्ष मात्र थिए ।

यतिमात्रै होईन, जनयुद्धमा जनाधार नभएकाले खतरनाक ठानिएको पूर्वी कमान्ड सम्हाल्ने उनै कञ्चन थिइन । अहिले केन्द्रीय समितिमा तानिएका युबा नेता मध्ये धेरैजसो कञ्चन केन्द्रमा हुँदा प्रारम्भिक कमिटीमा काम गरेका मात्र छन् । कञ्चन शहिद परिवारकी सदस्य पनि हुन । तर, उनी प्रचण्डको नजरमा परिनन् ।

यसैगरी, प्रचण्डले ‘मर्न जा’ भन्दा पनि तयार हुने सप्तरीका क्रान्तिकारी नेता उमेशकुमार यादव पनि केन्द्रीय समितीमा छुटे। उनी तिनै ब्यक्ति हुन जस्ले प्रचण्डकै निर्णय कार्यान्वयन गर्ने क्रममा संसद भित्र कुर्सी भाँचेका थिए। तर त्यसको सम्पुर्ण अपजस उनले आफैले लिए। तर, नेता मातृका यादवका कारण प्रचण्डले उनलाई अघि वढाउन सकेनन्। मातृका यादवसँग नजिक हुन नसकेकै कारण उमेशलाई प्रचण्डले संरक्षण गर्न नसकेको नेता/कार्यकर्ताहरु वताउँछन् ।

माओवादीमा मधेशी नेताले असहयोग गरेको र मधेश आन्दोलनका कारण जनाधार पनि खस्किएका वेला प्रचण्डले उमेशलाई मन्त्री वनाए । एक नेता भन्छन्–‘उनलाई मन्त्री वनाउनुको एउटै मात्र उदेश्य थियो– पार्टीमा मधेशीको सम्मान गरिन्छ। तर, जव मातृका यादव लगायतका नेताहरुको सामिप्यता वढ्यो, त्यसपछि प्रचण्डले उमेशलाई पाखा लगाए ।’

पार्टीमा मातृकाको वोलवाला सुरु भएपछि हरेक क्षेत्रमा उमेशलाई पाखा लगाईएको उनीहरुको वुझाई छ। अर्कोतर्फ मातृका यादवको समुहमा भएका नेताहरुलाई भने प्रचण्डले दायाँ–वाँयाँ राखेर हिडिरहेको नेताहरुनै वताउँछन् । 
यो पनि
उदाइन् कमरेड कञ्चन !

उमेशकुमार यादव कञ्चन खनाल

विशेष