News

कांग्रेस सभापतिको आदेश नमानेपछि सिरहाका एसपीको सरुवा

कांग्रेस सभापतिको आदेश नमानेपछि सिरहाका एसपीको सरुवा

सामान्यतयाः प्रहरी/प्रशासनको काम कारवाहीमा राजनीतिक हस्तक्षेप हुने गरेको कुरा सवैले जाने वुझेकै हो। प्रहरी जवानको सरुवोखि तस्करी तथा अपाराधिक काममा संलग्न भएर आफना कार्यकर्तालाई छुटाउन राजनीतिक दलका नेताहरुले प्रहरी/प्रशासनलाई दवाव दिने गरेको कुरा कसैबाट लुकेको छैन।

त्यसमाथि सत्तारुढ दलका जिल्ला स्तरीय नेताले त प्रहरी प्रशासन प्रमुख नै आफै भएझै निर्देशन दिने गरेका कयौं उदाहरण छन् । भनेको/अह्राएको टेरुन्जेल काम गराउने टेर्न छोडेपछि प्रहरी/प्रशासन प्रमुखको सरुवा गरेर आफु अनुकुलका ब्यक्ति मगाउँने गरेका उदाहरण खोजिरहुन पर्दैन।

सिरहामा अहिले कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवको अनुकुल काम नगर्दा प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेको सरूवा भएको छ। उनलाई प्रहरी प्रधान कार्यालयले आईतवार हेडक्वार्टर तानेर सिरहामा अर्जुन तिम्सिनालाई खटाएको छ।

साधारणतया कार्यक्षेत्रमा खटेको प्रहरीलाई एक वर्षभन्दा अघि सरूवा गर्ने प्रचलन छैन। तर, सात महिनाअघि मात्रै सिरहामा  हाजिर भएका पाण्डेलाई सभापति यादवकै दवावमा सरुवा गरेको प्रहरी स्रोतले नै जनाएको छ।

पाण्डेका उनुसार सभापति यादव उनीसँग २ वटा कारणले विच्किएका थिए । पहिलो, गत कात्तिक ११ गते विष्णुपुर–५ का किशन धामीको गोली हानी हत्या भएको प्रकरणमा कांग्रेस कार्यकर्ता प्रमोद यादव र सुशिल यादव पक्राउ परे। यादवले सुरूमै उनीहरूलाई छोड्न पाण्डेलाई दबाब दिएका थिए, तर अनुसन्धानमा उनीहरु दोसी देखिएकाले अदालतले पुर्पक्षका लागि कारागार चलान ग-यो।

यो प्रकरणदेखि नै यादव पाण्डेसँग चिढिएका थिए । दोस्रो, उनलाई दिइएका सुरक्षाकर्मी फिर्ता प्रकरणमा यादवले उनलाई कार्यालयमै गएर सरूवाको धम्की दिएका थिए ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अगाडि यादवले २ जना सुरक्षाकर्मी पिएसओको रूपमा लिएका थिए । तर, तोकिएको समयमा फिर्ता नगरेपपछि पाण्डेले दुवै सुरक्षाकर्मी तानिदिए । यि दुई प्रकरण मिलेपछि यादवले पाण्डेको सरुवा गर्न गृहमा दवाव दिएको वुझिएको छ।

यद्यपी यादवले भने एसपी पाण्डेको आफनै ब्यवहारका कारण उनको सरुवा भएको वताउँदै आएका छन् । आफुले एसपीको सरुवाका लागि कसैलाई नभनेको वताएका उनले वरु सरुवा भएको राती एसपी पाण्डेले आफनै घरमा आएर गोली हान्ने धम्की दिएको आरोप लगाए ।

गृहमन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने त्यसदिन पाण्डे यादवको घरमा गए/नगएको विषयमा जिल्ला प्रशासन कार्यालयले छानबिन गरिरहेको वताएका छन् । 

हिराबहादुर पाण्डे रामचन्द्र यादव

विशेष