News

ठगी मुद्दामा पक्राउ परेकी एन्जीना साढे १३ लाख धरौटीमा रिहा

ठगी मुद्दामा पक्राउ परेकी एन्जीना साढे १३ लाख धरौटीमा रिहा

पत्रकार भन्दै विभिन्न ब्यक्तिसँग रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेकी सोलुखुम्बुकी एन्जिना कार्की अदालतबाट रिहा भएकी छिन् ।

जिल्ला अदालत, बबरमहलले उनलाई धरौटीमा रिहा गरेको हो। उनी साढे १३ लाख धरौटीमा रिहा भएको अदालत श्रोतले जनाएको छ। उनीसँग अदालतमा आईतवार देखिनै वयान लिने क्रम जारी थियो । 

आज अदालतमा भएको कार्की विरुद्ध थुनछेक बहसमा धिरौटीमा छोड्ने आदेश भएको जनाईएको छ। उनी ठगी (आपराधिक लाभ) मुद्दामा २८ दिनदेखि प्रहरी हिरासतमा छिन् । २९औं दिन उनी रिहा भएकी हुन।

कार्कीका तर्फवाट प्रजातान्त्रिक कानून ब्यवसायी सङ्गठन डिएलएका अध्यक्ष योगेन्द्र अधिकारी कानुन व्यवसायी थिए भने वादीको तर्फबाट कानुन व्यवसायी एकराज पोखरेलले वहस गरेका थिए ।
 

एन्जिना कार्की

विशेष