News राजनीति

माओवादीमा पार्टी निजीकरण गर्ने होडवाजी, प्रतिस्पर्धामा प्रचण्डभन्दा जनार्दन अगाडि

माओवादीमा पार्टी निजीकरण गर्ने होडवाजी, प्रतिस्पर्धामा प्रचण्डभन्दा जनार्दन अगाडि

विश्वको इतिहाँस हेर्ने हो भने राजनीतिमा विरासत थाम्नका लागि नेतृत्वले आफनै परिवारका सदस्यलाई अगाडि वढेका कयौं उदाहरण छन् । पाकिस्तानका जुल्फीकर अलि भुट्टोले आफ्नो सन्तान बेनजिर भुट्टोलाई राजनीतिमा अगाडि बढाए।

आफू प्रधानमन्त्री बनेपछि बेनजिर भुट्टोलाई महत्वपूर्ण जिम्मेवारी दिँदै जाँदा उनी पाकिस्तानको प्रधानमन्त्रीसम्म बन्न पुगिन् । तर, सवै ठाउँमा यस्तै हुन्छ भन्ने छैन। यो प्रयास प्रत्युत्पादक समेत बनेका उदहारणहरु नेपालमै प्रसस्त छन् ।

नेपालमा धेरै नेताका सन्तान राजनीतिमा सक्रिय छन् । तर हालसम्म कुनै पनि प्रधानमन्त्रीका छोराछोरी प्रधानमन्त्री बन्न सकेका छैनन् । गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता कोइराला, गणेशमान सिंहका छोरा प्रकाशमान सिंह, बिपी कोइरालाका छोराहरू प्रकाश कोइराला र सशांक कोइराला राजनीतिमा अगाडि बढ्न खोजे। तर, उनीहरु जति अगाडि वढ्न खोज्छन्, उती नै पछाडि धकेलिँदै गएका दृष्टान्त हाम्रै अगाडि छन्।

अहिले यस्को सिको नेकपा माओवादी केन्द्रमा पनि देखिन थालेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परिवारवाद लादेको आरोप खेप्दै आएका छन् । प्रकारान्तरमा यो आरोप पुष्टि पनि हुँदै गएको छ।

जनताका छोराछोरीलाई जनयुद्धको नाममा अग्रणी मोर्चामा मार्न र मर्नका लागि अगाडी पठाउने ‘प्रचण्ड’ अहिले आफ्नो राजनीतिक विरासत जोगाउन परिवारका सदस्यहरूलाई स्थापित गराउन खोज्दै छन् । पद र पैसाको कुरा आउने बित्तिकै परिवार र सन्तान सम्झिने प्रचण्डले चुनाव र आन्दोलनको समयमा मात्रै जनतालाई सम्झिने गरेको पाईन्छ। प्रचण्ड दाहिना नहुँदा जनयुद्धका चर्चित नेता/कार्यकर्ता केन्द्रमा नपरेको उदाहरण आठौं महाधिवेशनबाट केन्द्रिय सदस्यमा चयन भएकाहरुको नामावली हेर्दा प्रष्ट हुन्छ।

माओवादी केन्द्रको केन्द्रीय सदस्यमा २३६ जनाको नाम घोषणा गर्दा प्रचण्डले आफूसहति परिवारका ४ जनालाई केन्द्रीय समितिमा अटाएका छन् । उनले आफ्नो नाम समेत केन्द्रीय सदस्यमा पार्दा खस आर्य पुरुषतर्फको एक नम्बरमा भाइ नारायणप्रसाद दाहाललाई राखेका छन् ।

त्यस्तै भरतपुर महानगरपालिकाकी मेयर छोरी रेणु दाहाललाई प्रचण्डले खस आर्य महिलातर्फबाट केन्द्रीय सदस्य बनाए भने बुहारी विना मगर पनि केन्द्रीय सदस्यमा अटाएकी छन् ।

यतिमात्रै होईन, पार्टीलाई निजीकरण गर्ने प्रतिस्पर्धामा प्रचण्डभन्दा अगाडि अर्थमन्त्री जनार्दन शर्मा देखिएका छन् । महाधिवेशनअघि माओवादीको संगठन विभाग प्रमुख रहेका शर्माको परिवारबाट चार जना केन्द्रीय सदस्य चयन भएका छने । कर्णाली प्रदेश अध्यक्ष पनि शर्मा परिवारले नै पाएको छ । शर्मा महासचिवका दाबेदार पनि हुन ।

अर्थमन्त्री शर्मासहित सहोदर भाइ अनिल शर्मा र बहिनी नारायणी शर्मा केन्द्रीय सदस्य चयन भएका छन् । त्यस्तै बहिनीज्वाइँ ओमनाथ ढुंगाना (ओम शर्मा) विगतदेखि नै केन्द्रीय सदस्य थिए । भाइबुहारी विमला केसी कर्णाली प्रदेश कमिटीको अध्यक्ष छिन् । शर्माका नजिकका नातेदार (भाइ) रुकुमपश्चिमका जिसस प्रमुख राजकुमार शर्मा र नजिक नाताका जगप्रसाद शर्मा पनि केन्द्रीय सदस्यमा चयन भएका छन् ।

उनको ठूलोबुबाका छोरा वसन्त शर्मा र माइलो बुबाकी छोरी लुम्बिनी गौतम पनि केन्द्रीय समितिमा छन् भने उनका कान्छा भाइ अनिल शर्मा पनि राजनीतिमा चल्तापुर्ता रुपमा छन् । अनेरास्ववियू क्रान्तिकारीका पूर्वअध्यक्ष रमेश मल्ल र उनलाई अध्यक्षमा पराजित गरेका रन्जित तामाङ केन्द्रीय समितिमा अटाएनन्, तर शर्मा भने केन्द्रीय सदस्य बनेका छन ।

यो पनि

प्रचण्ड दाहिना नहुँदा जनयुद्धकी चर्चित नेत्रृ केन्द्रमा परिनन् !
 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ जनार्दन शर्मा

विशेष