News

एक महिलाका कारण यसरी पीडित छन् एनसेलका कर्मचारी (श्रृंखला– १३)

एक महिलाका कारण यसरी पीडित छन् एनसेलका कर्मचारी (श्रृंखला– १३)

मलेसियाको एक्जियाटा समूह अन्तर्गत नेपालमा सञ्चालमा रहेको दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको कन्द्रीय कार्यालयमा असन्तुष्ट कर्मचारीहरुको आन्दोलन जारी छ।

प्रत्येक २/२ वर्षमा सामुहिक सौदाबाजी अनुसार कर्मचारीको तलब तथा सुबिधा बढाउनुपर्ने, बिनाकारण कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्न नपाईने लगायतका माग राखेर विगत ६ महिनाअघि देखि कर्मचारीहरु आन्दोलनमा छन् ।

तर, ब्यवस्थापनले कर्मचारीको माग सुनुवाई गरेको छैन। पटक–पटक वार्ता र छलफल हुँदै आएपनि माग सम्वोधन हुन नसक्दा आन्दोलन जारी राख्नु परेको एनसेल कर्मचारी ट्रेड युनियनका अध्यक्ष सुकान्त अधिकारी वताउँछन् ।

आन्दोलनरत कतिपय कर्मचारीले माग सम्वोधन नहुनुमा एचआर म्यानेजर युवराज श्रीवास्तवलाई दोस दिने गरेका छन् । उनीहरुका अनुसार श्रीवास्तव आफनो विचार र योजना अनुसार भन्दा पनि एनसेलको एउटा डिपार्टमेन्टमा कार्यरहत महिला कर्मचारीको इसारामा काम गर्छन। 

विवाहित र वच्चाकी आमा भएपनि ३५/४० वर्षिय ति महिलाको आकर्षक जिउडाल, हिस्सी परेको अनुहार, मृदुभाषी स्वभावका कारण श्रीवास्तव हिरिक्क हुने गरेका छन् । श्रीवास्तवकै कारण ति महिलाको कम्पनीमा राज चल्ने गरेको छ। उनलाई कम्पनीको सिविए कमिटिमा समेत राखिएको छ।

सिविए त्यस्तो कमिटी हो, जस्ले हरेक २/२ वर्षमा वैठक वस्ने र कर्मचारीको वढुवादेखि सेवा सुविधा र अवार्ड वितरणका लागि सिफारिस गर्छ। एनसेल कर्मचारीलाई वितरण गरिने एसपिओटी अवार्डमा समेत सोही कमिटीको सिफारिस चल्छ।

कर्मचारीहरुका अनुसार सिविए कमिटी कर्मचारी र ब्यवस्थापनका बिचमा मध्यस्थता गर्ने उदेश्यले गठन गरिएको हो। तर, त्यसको उपयोग सिनियर कर्मचारीहरुले आफनो स्वार्थ अनुकुल गरेको उनीहरुको आरोप छ।

तिनै महिलाको इसारामा श्रीवास्तव चल्ने गरेका छन् । ६ महिनादेखि आन्दोलनरत कर्मचारीहरुको माग सुनुवाई नहुनुमा पनि ति कर्मचारीको भुमिका रहेको कतिपय कर्मचारीको वुझाई छ।

श्रीवास्तव र ति महिलाको सम्वन्ध सामान्य कर्मचारी र हाकिमको मात्र नभई त्यसमाथि माथी नै रहेको उनीहरु वताउँछन् । ति महिलाले अधिकांश समय श्रीवास्तवको गाडि समेत प्रयोग गर्ने गरेका छन्। श्रीवास्तवले गैरकानुनी रुपमा आर्जन गरेको धनसम्पत्ति समेत तिनै महिलालाई राख्न दिएको स्रोतको दावी छ।

यतिमात्र होईन, एनसेलमा यौन दुब्र्यवहारका घट्नामा पनि एचआर म्यानेजर श्रीवास्तव र चिफ कमर्सियल अफिसर प्रदिप श्रीवास्तवको नाम जोडिने गरेको छ। उनीहरु दुवै जना भारतिय नागरिक हुन । अनावश्यक रुपमा महिला कर्मचारी प्रति नजिक हुने, अपनत्व देखाउँने तथा असभ्य ब्यवहार गर्ने गरेको उनीहरु वताउँछन् ।

प्रदिप श्रीवास्तव यस अघि पनि यौन उत्पीडनको घट्नामा परिसकेका ब्यक्ति हुन । भारतको आइडिया सेल्युलरमा आठ वर्षभन्दा बढी समय वितादएका श्रीवास्तवले सोही प्रकरणपछि जागिर छोड्नु परेको थियो । प्रदीप आइडिया सेल्युलरका प्रमुख मार्केटिङ अफिसर थिए।

सन २०१० मा आइडिया सेल्युलरकी सहायक प्रबन्धक अन्विता प्रभाकरले प्रदीपविरुद्ध उजुरी दिएपछि उनले जागिर छोडेका थिए । 

यस विषयमा एनसेलका आधिकारिक÷जिम्मेवार कर्मचारी र सम्वन्धित ब्यक्तिसँग प्रतिक्रिया लिन सकिएको छैन। पटक–पटक फोन सम्पर्क गर्दा र कार्यालयमै जाँदा समेत उनीहरु प्रतिक्रिया दिन इन्कार गर्छन। तथापी यस विषयमा सम्वन्धित ब्यक्ति तथा कार्यालयका तर्फबाट प्रतिक्रिया प्राप्त भए अर्को श्रृंखलामा प्रकाशित गरिने छ।

यो पनि

नेपाल आज विरुद्ध मुद्दा हाल्ने एनसेलको तयारी (श्रृंखला– १२)

एक्जियाटाले सुरु गर्यो एनसेलमा छानविन, श्रीवास्तावलाई जोगाउन सिइओको चलखेल (श्रृंखला– ११)

एनसेलबाट यसरी हुन्छ संवेदनशिल सूचनाको चुहावट, हुवावेबाट झन खतरा ! (श्रृंखला– १०)

एक्जियाटाले सोध्यो एनसेललाई स्पष्टिकरण, डन प्रवृत्ति उस्तै (श्रृंखला– ९)

एनसेलमा कर्मचारीको आन्दोलन जारी, आधिकारीक स्रोत प्रयोग गर्न आग्रह (श्रृंखला– ८)

जनता चुसेको र कर्मचारीलाई शोषण गरेको खुलासा गर्दा एनसेलले भन्यो– पित पत्रकारिताको पराकाष्ठा (श्रृंखला– ७)

एनसेलद्वारा नेपाल आजलाई विज्ञापनको प्रलोभन, समाचार हटाउन दवाव (श्रृंखला– ६)

एनसेलका कारण संवेदनशिल सूचना विदेशीको हातमा ! (श्रृंखला– ५)

एनसेलका कर्मचारीको आन्दोलनमा श्रीवास्तवका भिजिलान्ते ! (श्रृंखला– ४)

एनसेल आतंकः समाचार हटाउन दलाल मार्फत लगातार धम्की (श्रृंखला– ३)

आन्दोलनको समाचार हटाउन एनसेल कर्मचारीको दवाव, नहटाए ठिक पार्ने धम्की (श्रृंखला– २)

एनसेल कर्मचारीलाई बमले उडाईदिने श्रीवास्तवको धम्की (श्रृंखला– १)

एक्जियाटा एनसेल

विशेष