News समाज

महरा काण्डका खलपात्र रोसनी र उनका श्रीमानले अदालतमै कुटाकुट गरेका हुन ?

महरा काण्डका खलपात्र रोसनी र उनका श्रीमानले अदालतमै कुटाकुट गरेका हुन ?

पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई बलात्कारको आरोप लगाएर जेल पु-याएपछि वदनाम भएकी रोशनी शाही र उनका श्रीमान चित्रजंगले आईतवार काठमाण्डौ जिल्ला अदालतमा ताण्डब देखाएका छन् ।

उनीहरुकले आफ्नै भतिजी अर्चनालाई हातपात गर्न खोजेका थिए । तर, त्यहाँ रहेका अन्य ब्यक्तिको अवरोधका कारण अर्चनालाई कुटपिट गर्ने योजनामा भने उनीहरु असफल भए ।

सुर्खेतस्थित जग्गाको मुआब्जा वितरणको विषयलाई लिएर रोसनी र उनका जेठाजुको परिवारमा विवाद छ। यही विवाद लम्बिँदै जाँदा सामाजिक सञ्जालमा रोशनीले जेठाजुको परिवारलाई हत्याको आरोप लगाउँदै स्ट्याटस लेखेकी थिईन। उनको स्ट्याटसमा अर्चनाले गरेको कमेन्टको विषय अहिले अदालतमा पुगेको छ।

रोशनीले आफनो स्ट्याटस सामाजिक सञ्जालबाट हटाएर भतिजीको कमेन्टको स्क्रिनसट गरी असार २३ गते काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेकी छिन् । भतिजीले सामाजिक सञ्जालमा लेखेर आफूहरुको मानमर्दन गरेको भन्दै शाही दम्पतीले हालेको गाली बेइज्जती मुद्दाको आईतवार अदालतमा पेशी थियो ।

पेशीमा उपस्थित हुने क्रममा अर्चनामाथि उनीहरुले आक्रमणको प्रयास गरेको वताईन्छ। रोसनीले अर्चनालाई अस्लिल गाली गर्दै जेल हाल्ने चेतावनी समेत दिएको प्रत्यक्षदर्शीहरु वताउँछन् । न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलास बाहिर उनीहरुले चर्तिकला देखाएका थिए । 

यसअघि डिभोर्स भएको भनिए पनि अहिले रोशनी र चित्रजंग आजभोली सँगै वस्ने गरेका छन् । उनीहरुले अर्चनाले ज्यान मार्ने धम्कीसमेत दिएको दाबीसहित कारबाहीको दायरामा ल्याउन अदालत समक्ष माग गरेका छन् ।

रोशनी स्वास्थ्य मन्त्रालयकी जागिरे हुन् । पुर्व सभामुख महाराको सचिवालयमा कार्यरत रहेका वेला उनले वलात्कारको आरोप लगाएर सामाजिक सञ्जालमा भाईरल भएकी थिईन। उनले भूमिगतकालमा माओवादी नेताहरूलाई चिनेका कारण बेलाबखत उनीहरूलाई समेत सामाजिक सञ्जालमा नङ्ग्याउने गरेकी छिन् ।

रोशनी शाही

विशेष