News अपराध सुरक्षा

ठगी आरोपमा पक्राउ परेकी एन्जीनासँग अदालतमा वयान 

ठगी आरोपमा पक्राउ परेकी एन्जीनासँग अदालतमा वयान 

आफुलाई पत्रकार भएको वताउँदै विभिन्न ब्यक्तिसँग रकम उठाएर ठगी गरेको आरोपमा पक्राउ परेकी सोलुखुम्बुकी एन्जिना कार्कीलाई अदालतमा उपस्थित गराएर वयान लिने क्रम सुरु भएको छ।

आईतवार जिल्ला अदालत, बबरमहलमा न्यायाधीश गीता श्रेष्ठको इजलासमा उनीसँग वयान लिईएको छ। वयान नसकिएकाले सोमवार पनि वयानको क्रम जारी छ। उनले प्रहरीमा दिएको वयान फेरिएपछि पुनः वयान लिईएको वताईन्छ।

आज अदालतमा कार्की विरुद्ध थुनछेक बहस हुने सम्भावना छ। उनी ठगी (आपराधिक लाभ) मुद्दामा २८ दिनदेखि प्रहरी हिरासतमा छिन् । त्यसैले आज पुर्पक्षका लागि कारागार चलान हुन सक्ने प्रहरी श्रोतले जनाएको छ।

कार्कीका तर्फवाट प्रजातान्त्रिक कानून ब्यवसायी सङ्गठन डिएलएका अध्यक्ष योगेन्द्र अधिकारी कानुन व्यवसायी छन् भने वादीको तर्फबाट कानुन व्यवसायी एकराज पोखरेलले वहस गर्दैछने।

यसविचमा कार्कीले उजुरीकर्ताहरुसँग मिलेर जाने प्रस्ताव समेत राखेको बुझिएको छ । उनले मिल्ने क्रममा आफूले जति रकम ठगेको हो त्यसको दोब्बर दिन मञ्जुर भएको बताएकी छन् । 
 

एन्जिना कार्की

विशेष