News विदेश Breaking News

चीनलाई "सैन्य दुस्साहस" रोक्न ताइवानको चेतावनी 

चीनलाई "सैन्य दुस्साहस" रोक्न ताइवानको चेतावनी 

काठमाडौं । ताइवानका राष्ट्रपतिले चीनलाई "सैन्य दुस्साहस" रोक्न चेतावनी दिएका छन् ।  हालै आएर दुई पक्षबीचको तनाव  उच्चतम बिन्दुमा पुगेपछी ताइवानको तर्फबाट सो चेतावनी दिइएको हो। 

ताइवानमा २०१६ मा साई इङ्ग-वेन सत्तामा आएदेखि चीनले ताइवानमाथि सैन्य र कूटनीतिक दबाब बढाएको छ । उनी ताइबान चिनियाँ क्षेत्र रहेको चीनको अडानलाई अस्वीकार गर्दैआएका छ्न।

"हामीले बेइजिङका अधिकारीहरूलाई स्थितिलाई गलत रूपमा नबुझ्न र 'सैन्य दुस्साहस' को आन्तरिक विस्तार रोक्नको लागि सम्झाउनु पर्छ," साईले आफ्नो नयाँ वर्षको भाषणमा भनिन्।

साईले थपे कि बेइजिङका अधिकारीहरूले "आफ्नो तहबाट सैन्य दुस्साहस फैलाउने कार्य तत्काल रोक्नु पर्छ"।

सैन्य साधनको प्रयोग दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विकल्प नभएको भन्दै उनले यस क्षेत्रमा तनाव कम गर्न ताइपेई र बेइजिङ दुबैले जनताको जीविकोपार्जनको ख्याल राख्न र जनताको हृदयलाई शान्त पार्न समस्याहरूको शान्तिपूर्ण समाधान खोज्नुपर्ने बताए।


उल्लेख्य छ कि आफ्नो नयाँ वर्षको सम्बोधनमा चीनका राष्ट्रपति सी जिनपिङले भनेका थिए, "हाम्रो मातृभूमिको पूर्ण पुनर्मिलन चीन र ताइवान दुवैको साझा आकांक्षा हो तर यदि 'ताइवान स्वतन्त्रता' का पक्षधर पृथकतावादी शक्तिहरूले मानेन्न भने हामीले निर्णायक कदमहरू चाल्नुपर्नेछ।"

गत वर्षको अक्टोबरमा ताइवानको रक्षा मन्त्रालयले चीनसँगको सैन्य तनाव चार दशकयताकै उच्च रहेको चेतावनी दिएको थियो जब चिनियाँ जेट विमानहरू ताइवानको वायु रक्षा क्षेत्रमा प्रवेश गरेको थियो।

बेइजिङले हालैका वर्षहरूमा ताइवानलाई अन्तर्राष्ट्रिय मञ्चमा एक्लो पार्ने प्रयासहरू पनि बढाएको छ।

विशेष