News समाज

बालिका खड्काको अहिलेसम्मकै विवादित टिप्पणी

बालिका खड्काको अहिलेसम्मकै विवादित टिप्पणी

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बलात्कारको आरोप लगाउँदै आएकी बालिका खड्काले राई विरुद्ध सम्भवतः अहिलेसम्मकै विवादित टिप्पणी गरेकी छिन् । उनले सामाजिक सञ्जाल फेसवुकमा राईकी श्रीमतीले कहिले आत्महत्या गर्छिन र आफु श्रीमती वन्न पाउछुु भन्दै स्ट्याटस लेखेकी छिन् ।

उनले लेखेकी छिन्– ‘कहिले गु धने (शेधरधन राई) की स्वास्नी पासो लाग्छे र मलाई गु धनेले स्वास्नी बनाउने हो र गु धनेको इच्छा पुर्ती हुने हो। हैन भने यो के को अन्याय हो सधै भरिको।’ उनले राईकी श्रीमती जाङमु शेर्पाले आत्महत्या गर्नेसम्मको कल्पना गरेर प्रतिक्रिया जनाएकी छिन् ।

खड्काले यसअघि प्राय शेरधनसँग सम्वन्धित प्रतिक्रिया दिने तथा गालिवेइजती गर्ने गरेपनि यस पटक भने उनी श्रीमतीको मृत्युसम्मको कल्पना गरेर स्ट्याटस लेखेपछि कतिपयले उनको आलोचना गरेका छन् ।


 
उनलाई मोहन वली नामका फेसवुक प्रयोगकर्ताले महिला भएर महिलाको सम्मान गर्न सल्लाह दिएका छने । उनले लेखेका छन्–‘महिला भएर महिलाको सम्मान गर्नुस् कमरेड । के बोलेको त्यस्तो, मिलाएर बस्ने÷राख्ने भए कयौंका दुई–तीन ओटी पनि बसेका छन्÷बस्छन्÷राख्छन। पासो लगाउनै पर्छ र ?’

वलीको कमेन्टमा बालिकाले थप स्पष्टिरण दिएकी छिन् । उनी लेख्छिन–‘कसैको जिन्दगी माथी खेलवाड गर्ने गु खानेहरुसँग न त मेरो मिलन हुन्छ, नत घरबार हुन्छ । म माथी अबरोध किन ?’


 

शेरधन राई बालिका खड्का

विशेष