News विदेश कर्पोरेट

खुकुरी रम अब अमेरिकामा ! 

खुकुरी रम अब अमेरिकामा ! 

नेपालको चर्चित मदिरा ब्रान्ड खुकुरी रम संयुक्त राज्य अमेरिकामा बिक्रि हुन थालेको छ।

भर्जिनियाँ सरकारको स्वामित्वमा रहेको एबिसीले नेपाली खुकुरी रम बिक्री गर्न थालेको हो । यसको मूल्य ३० डलर राखिएको छ ।

नेपाल डिस्टिलरिज प्रालिले उत्पादन गरेको खुकुरी रम पाँच वर्षपछि फेरि निर्यात सुरु भएको हो । खुकुरी रम अहिले विश्वका १३ मुलुकमा निर्यात भइरहेको छ । नेपालमा उत्पादन भएको खुकुरी रम पानी जहाजमार्फत अमेरिका पठाउने गरिएको छ।

कोभिड–१९ को जटिल समयमा पनि गत वर्ष खुकुरी रमले ‘लण्डन स्पिरिट प्रतियोगिता २०२०’ मा  स्वर्ण पदक जितेको थियो।

प्रतियोगिता अन्तर्गतका गुणस्तर, गुणवत्ता र प्याकेजिङ गरी तीन विधामा तुलनात्मक रूपमा खुकुरी रकम अन्य विभिन्न मुलुकका उच्चकोटीका रमहरुको तुलनामा उत्कृष्ट भएको थियो । जसमा निर्णायकहरुले खुकुरीलाई १०० मा ९४ अंक दिएका थिए। 

यो स्वर्णपदकसँगै खुकुरी रमले विश्वव्यापीरूपमै मान्यता प्राप्त गर्न सफल भएको हो। 

विशेष