News राजनीति

दलित/जनजातीकै विपक्षमा लिङ्देन, जातिय आरक्षणको विरोध

दलित/जनजातीकै विपक्षमा लिङ्देन, जातिय आरक्षणको विरोध

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जातिय रुपमा दिईने आरक्षण तत्कालै अन्त्य नगरे यसैले देश जलाउने दावी गरेका छन् । जातिय आरक्षणका विषयमा उनले दिएको यो अभिब्यक्ति अहिले सामाजिक सञ्जालमा चर्चामा छ।

एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा उनले आफनै घरको उदाहरण दिदै जातिय आरक्षण अवैज्ञानिक र खतरनाक भएको पुष्टि गरेका छन् । उनले सरकारको गलत नीतिका कारण जातका कारण गलत मान्छेले राज्यको सेवा सुविधा उपभोग गरिरहेको र पाउनु पर्ने मान्छे त्यसवाट वन्चित भईरहेको वताएका छन्।

‘भविष्यमा देशलाई कुनै पनि कुराले जलाउँछ भने यो जातिय आरक्षणले जलाउँछ। हेर्नोस, मैले वारम्वार भन्या छु। झापाको विर्तामोडमा म वस्छु। झापाको सवैभन्दा मुख्य र महंगो वजार हो विर्तामोड। विर्तामोडको शहरको त्यो मुटुमा जस्ले ५० हजारदेखि ६० हजार तोलाको पर्ने सुनको ब्यापार गरेर वस्छ। उसले कुनै जात भएको नाताले आफुले, उस्को छोराछोरीले, उसको श्रीमतीले, उसको श्रीमतीको पेटमा भएको वच्चाले समेत राज्यवाट सेवा सुविधा पाउँछ’ उनले भने–‘तर, उसकोमा गएर एक तोला होईन, पुरै जिन्दगीमा केही लाल सुन किनेर श्रीमतीको नाकमा एउटा फुली टाँस्दिन नसक्ने घिमिरे राज्यवाट पाउने सेवासुविधावाट वन्चित छ। ल, यस्ले देशलाई कहाँ लान्छ भन्नोस त।’

जातिय आरक्षणकै कारण ९० प्रतिशत अंक ल्याउनेले ब्यक्तिले डाक्टर÷इन्जिनिय पढ्न नपाएको र कुनै जात भएकै कारण ६० प्रतिशत अंक ल्याउनेले चै डाक्टर/इन्जिनिय वन्ने अवसर पाएको उनले तर्क गरे । ‘२१औं शताब्दीमा हामीले नेपाललाई कहाँ लगि रहेका छौं। म जनजातीको छोरो हुँ।’– उनले भने।

जातिय आरक्षण देशकै लागि दुर्भाग्यपूर्ण भएको विषयमा उनले थप प्रष्टिकरण दिएका छन् । ‘म वारम्वार भन्छु, मैले सार्वजनिक समारोहमा भन्या छु, अरु अन्तर्वार्तामा भनेको छु। पाँचथरको एउटा सुदुर गाउँमा कोदो खान पनि नपुगेपछि मेरो वुवाले धानको भात खान मधेश झारेको लिम्वुको छोरा हुँ म। आज समय क्रममा मेरो टाउकोमा करोडौं वैंकको लोन होला, तर अरुको भन्दा ठुलो आर्थिक कारोवार गर्याछु’ उनले थपे–‘त्यो आर्थिक कारोवार गर्नको लागि विसौं मान्छे सहयोगी पनि मलाई चाहियो होला। त्यस क्रममा मेरो घरमा भान्सामा काम गर्ने पराजुली वाहुनको श्रीमती छ। मेरो गोठमा गोवर सोहोर्ने पराजुली वाहुन छ। म जनजाती भएको नाताले मैले र मेरो छोराछोरीले राज्यवाट हरेक कुरामा आरक्षण प्राप्त गर्छन र त्यो मेरो घरमा जुठोभाँडो गर्ने र गोवर सोहोर्ने वाहुन चै वाहुन भएको नाताले टुलुटुलु हेरेर वस्छ।’

आफु राजनीतिकर्मी भएको नाताले त्यो अन्याय आफुले हेरेर वस्न नसकेको लिङ्देनले वताए । ‘म राजनीति गर्छु, म यो देशको मुहार फेर्छु भनेर ठुल–ठुलो भाषण गरेर हिड्ने मान्छेले यस्तो कुरा कसरी सहन सक्छ। यदि मसँग अलिकति पनि हृदय छ, मसँग इमान्दारीता छ भने म कसरी त्यस्तो कुरा सहन सक्छु’ उनी भन्छन्–‘त्यसकारण मैले आँट गरेको छु, यसैले देशलाई जलाउँछ। त्यस कारण यो चिजलाई हामीले भत्काउनु पर्छ, अहिले नै सच्याउनु पर्छ।’

राजेन्द्र लिङ्देन जातिय आरक्षण

विशेष