रुवी खानले ४१ दिन लामो अनसन तोडिन
निर्मला कुर्मी अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्याय माग्दै अनसन वसेकी अधिकारकर्मी रुवी खानले सोमवार अनसन तोडेकी छन् । सरकारसँग बुधबार भएको चार बुँदे सहमतिपछि उनले अनशन तोडेकी हुन ।
रुवी विगत ४१ दिनदेखि अनसन बस्दै आएकी थिइन् । बाँकेको नेपालगन्जकी निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरी हत्या प्रकरणमा न्यायको माग गर्दै रुबी खानको समूह लामो समयदेखि अनसनरत थियो ।
बार्तामा निर्मला कुर्मी हत्या प्रकरणको छानविन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट प्रहरी खटाउन प्रहरी प्रधान कार्यालयलाई पत्राचार गर्ने सहमति भएको छ। सरकार र महिला अधिकार मञ्चबीच भएको सहमति सार्वजनिक गर्दै खानले अनसन तोडेकी हुन्।
महिला अधिकार मञ्चले बुधबार माइतीघरमा पत्रकार सम्मेलन गरि एक विज्ञप्ति जारी गर्दै आन्दोलन स्थगित गरिएको जनाएको छ।