News

नोवेल कलेजमा तोडफोडपछि अवस्था तनावग्रस्त

नोवेल कलेजमा तोडफोडपछि अवस्था तनावग्रस्त

विराटनगर स्थित नोवेल मेडिकल कलेजमा तोडफोड भएको छ। एमबीबीएस प्रथम वर्षका विद्यार्थीको पक्षमा समर्थन जनाउन नोवेल पुगेका विभिन्न विद्यार्थी संगठनका नेता कार्यकर्ताले नोवेलमा मेडिकल कलेजमा तोडफोड गरेका छन् ।

अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेश गर्न दिएको छ। विद्यार्थी कक्षा प्रवेश गर्न पाउनु पर्ने माग गर्दै आन्दोलनमा छन् । तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी संगठनहरुले नोवेलको मुल गेटमा तोडफोड गरेका हुन् । 

विद्यार्थीहरुले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन्। नोवेल परिसरमा अहिले ठूलो संख्यामा प्रहरी परिचालित छन्। विद्यार्थी संगठनहरुले नाराबाजी जारी राखेका छन्। 

१४ लाख ८५ हजार रुपैयाँ बुझाएर एमबीबीएस प्रथम वर्षमा भर्ना भएका विद्यार्थीसँग नोवेलले विभिन्न शीर्षकमा ४ लाखभन्दा बढी रकम असुल्न खोजिरहेको छ। यसपटक नोवेलमा एक सय जना विद्यार्थी एमबीबीएसमा भर्ना भएका छन्।
 

नोवेल मेडिकल कलेज

विशेष